दार्जीलिङ पहाड़ मात्र नभएर सम्पूर्ण भारतभरिका समस्त बुद्धिजीवीहरू,शिक्षाविद्हरू, शैक्षिक कर्मचारीहरू, प्रशासनिक अधिकारी, न्यायिक व्यक्तित्व, डाक्टर, अवकाशप्राप्त कर्नेल देखि लिएर पुलीसका भूतपूर्व अधिकारी अनि गोर्खे समाजका स-साना बनिबुतो गरिखाने देखि लिएर व्यापारी वर्ग र भविष्य निर्माण गर्न हिँडे़का कर्णधार युवा-युवती अनि विद्यार्थी तथा धामी-झाँक्री, बिजुवा, फेदाङ्वा, फादर र गुरुदेवहरूसम्मलाई समेत आन्दोलनमा होमेर वर्तमान ममताको पुच्छर विमल गुरुङ र तिनका चेला-चमुण्डाले हामी गोर्खे जातिलाई आन्दोलनको मार्फत दिएका उपलब्धिहरू---
01) गोर्खाल्याण्ड़ भन्दा तलको केही पनि थापिँदैन भनेर पुङ नपुछरको जीटीए थापे।
02) बंगाल हाम्रो चिहान हो भनेर 86को आन्दोलनमा फर्काएको पहिचान युक्त माटो पुनः बंगालमैं गाभे।
03) दार्जेलिङ पुलीस जो बंगाल पुलीस भन्दा पनि पुरानो जल्लाई अंग्रेजहरूले दार्जीलिङ बंगालको हैन भनेर अलग्गै प्रशासनिक व्यवस्था बनाएका थिए, त्यसलाई दुइ फ्याक पारी सिलगड़ी पुलीस कमिश्नरेट गरी दार्जीलिङ पुलीस सधैंभरिका लागि समाप्त पारे।
04) दार्जीलिङमा भएका सबै गोर्खा समुदायसंग जड़ित ऐतिहासिक दस्ताबेज र नेपालका राजाहरूले बनाएका स्मारक अनि गोर्खा पहिचानयुक्त चौताराहरू हटाएर सम्पूर्ण बंगालको दासत्वको पराकाष्ठामा दार्जीलिङ पहाड़लाई पुर्याए।
05) दार्जीलिङ पहाड़मा बस्ने भूमिपुत्र गोर्खा, भोटे, लेप्चामा समानता थियो तर विमल गुरुङ र ममताको साँठगाँठद्वारा लेप्चामात्र भूमिपुत्र अनि माटोसहित भारतमा विलय भएका गोर्खाहरूलाई विदेशी बनाइयो र गोर्खा जातिभित्र फूट लाइयो।
06) दार्जीलिङे जनता त के विश्वमा नै नेपाली हैन गोर्खा भनेर चिनाउने सुवास घिसिङ हुन्। उनकी श्रीमतीको मलामी जानसम्म रोक लगाइयो। जनतालाई घिसिङ गोर्खाविरोधी हो, विमल गुरुङ सही भन्ने आभास गराउन के गरिएन तापनि गोर्खे जनताले बुझ्ने बेला आएको छ कि विमल र घिसिङ कुन् सही हो।
07) पहाड़मा सधैंभरि घिसिङ र विमलको तानाशाहीको विरोध गरिरहने कर्मठ योद्धा मदन तामङको हत्या गरियो।
08) जीएल पी गठनको नाउँमा थुप्रै गोर्खा युवाहरूलाई घरको न घाटको बनाइयो।
09) अनशनको नाउँमा थुप्रैको किड्नी फेल गराइयो।
10) सिब्सू काण्ड़मा गोर्खे चेलीको ज्यान गवाइयो।
11) डुवार्स , तराई र सिलगढ़ीको गोर्खाहरूलाई तिमीहरू पनि आन्दोलन गर, गोर्खाल्याण्ड़ दिलाइदिन्छु भन्यो अनि उनीहरूलाई थाङ्नुमा सुताएर सुटुक्क दार्जीलिङमा जीटीए थाप्यो।
यस्तै अरु पनि थुप्रै के के उपलब्धिहरू गोजमुमोले गरेको छ यदि तपाईँहरूलाई पनि थाह छ भने प्रस्तुत गर्नुहोस्। जय गोर्खा। जै गोर्खाल्याण्ड़।
अझै भन्नु मन लाग्यो—तृणमूल र गोजमुमो मा केही फरक छ र। तृणमूल नेतृको इशारामा श्रीविमल गुरुङज्यू महोदय हिँड़िसके पछि गोजमुमो र तृणमूल अलग्गै हो किन भनिराको। विमलजी महान् ले पनि आफ्नो पार्टी तृणमूलमैं विलय गर्दा भएन र।
Source : Neeraj Zimba Tamang
Neeraj Zimba Tamang |

Post a Comment