मणिपुरे गोर्खे शहीद दिवस - गोर्खे शहीद निरञ्जन छेत्रीलाई श्रद्धाञ्जली

आज 8/6/2014 शहीद दिवस 123 बर्षे उपलक्षमा मणिपुरे गोर्खे शहीद निरञ्जन छेत्रीलाई हार्दिक श्रद्धाञ्जली।जय गोर्खा। ईष्ट इण्डिया कम्पनीले एक एक गर्दै भारतका स-साना रजौटाहरू कब्जा गर्ने षडयन्त्रमा अग्रशर हुदैँ जब मणिपुर हत्याउने दुष्प्रयास चलायो त्यो बेला बृटिसको विरूद्ध संग्राम गर्ने मणिपुरका युवराज व प्रधान सेनापति थिए बीर टिकेन्द्रजित सिँह अनि उनको अंगरक्षक भूमीपुत्र गोर्खे सैन्यदलका प्रमुख थिए सुबेदार निरञ्जन सिँह छेत्री।जसरी झाँसी रानी छत्रपती शिवाजीहरूले लडेका थिए उसरीनै यिनले लडेर शहीद भए।

गोर्खे शहीद निरञ्जन छेत्रीलाई श्रद्धाञ्जली
उनिहरूको स्वर्णीम इतिहास रचियो तर पुर्वोत्तरको हाम्रो यो जिवन्त कथा ईतिहासको गर्भमा लटपटियो।13 अगस्त 1891मा सुबेदार गोर्खे बीर निरञ्जन सिँह छेत्रीलाई बृटिसले फाँसी दियो। शहीद भाष्य "मेरो जन्मभूमीनै मेरो मातृभूमी हो, ज्यान लिन र दिनपनि तत्पर छु तर आफ्नो मातृभूमीमैँ पराधिनता स्वीकार्दैन यो गोर्खाले@ -सुवेदार निरञ्जन सिँह छेत्री -मणिपुर 1891 " यी कुराहरूलाई हिन्दी अंग्रेजी आदि विभिन्न भाषामा लेखेर अन्यान्य ग्रुप पेजहरूमा पोष्ट गरेको राम्रो काम होला।जय गोर्खा।

Source: Bogiram Gorkha Bhandari

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions