असमेली गोर्खाहरु र जातिय गणतान्त्रिक संग्रामी संगठन आग्सु, केहि चिन्तन केहि गन्गन

1) केको आग्सु किन चाहियो आग्सु:::

पारम्परिक गोर्खे बानी (पर पर गोठमा एक्ला एक्लै बाँच्ने) स्वार्थ र एककाट्टे बिहेर अनुसार आफ्नो घरपरिवारकै गोजेरोको सेरोफेरोमा ढुनुमुनु गर्नु देखि माथि उठेर शिक्षित गोर्खे युवाहरू सांगठनिक रुपमा ऐक्यवद्ध भएर जातिय भविस्यको चिन्तन गर्दै गणतान्त्रिक संग्राम मार्फ्त समाजमा जातिय सुरक्षा शान्ति सम्प्रीतिको निमित्त तल्लिन रहने असमेली गोर्खायुवा छात्रहरुनै आग्सु हुन।अन्य जाति जनगोष्ठीको काँधमा काँध मिलाएर नचले थिचिएरै बिलाइन्छ, कदम मिलाएर चल्नलाइ युवाशक्ति ऐक्यवद्ध भएर चल्नैपर्छ। आग्सुले पनि योकुरा बुझेर दायित्व पाल्नु सधै तत्पर रहनु पर्छ अनि गोर्खे अविभावकगणले पनि हर आवाजमा साथदिन अग्रशर रहनु पर्छ। समग्रमा आग्सु हाम्रो छोरा छोरी हो समयको साथ सहि बाटोमा चल्दै उन्नति गरोस यो कामना र सहयोग अविभावकगणमा हुनु जरूरी छ, जसरी अन्य जनजातिय छात्र संगठनको क्षेत्रमा देखिन्छ।

All Assam Gorkha Students' Union

2) आग्सुले किन राजनैतिक मुद्दालाई मुख्यरुपले समेटेको:-

राजतान्त्रिक आदेश पाल्ने अभ्याष सकिदा नसकिदै,कांग्रेस दलको आदेशपाल्ने बानीपरेको धर्मभीरू गोर्खा समाजका अगुवाहरुले यिनदिन सम्म न त बलिष्ठ तरिकाले स्वाजातिको पक्षमा माटोको हक जताए न जातिको लागी राजनैतिक सुरक्षा दिघो बनाउने कुनै कदम चाले । आखाँको सामु बृहत असम टुक्रिएर अंशबन्ड हुदैं गरो,बर्मादेखि लिएर समस्थ पुर्वोत्तरलाइ मान्छे बस्ने लेइक्को पर्न रगत पसिना बगाएर हड्डीघोटेर बनाएको भूमीमा स्वयम पराई बनिदैं-अर्काको ठाउँ भनिठान्ने प्रवृतिले जसरी स्थायी मनोस्थिति बनाएन उसरीनै जनाधिकार जनजागरणको चासोराख्तै हाम्रो भविस्य हितार्थ सान्दर्भिक कदम चाल्ने क्षमता आर्जनगर्न सकेनन,बरु ह्रस्वम्यादी स्वार्थको फुर्क्याइमा मस्त रहे।फल स्वरुप बृहत्तर पुर्वोत्तर क्षेत्रका गोर्खाहरु नयाँ नयाँ राज्यानुशार छरिएर दुर दुर अनि दुर्बल भए,आफैं निर्माण गरेको जग्गाहरुमा विदेशीको लान्छना लाग्नु उठिबास लाग्नु सरकारी षडयन्त्र समेत हुदैं गयो । नयाँ राज्यहरुले आ-आफ्नो भलोहुने कानुन बनाए र भुमिपुत्र हुदाँ हुदैँपनि गोर्खाहरुलाई समेटने कामभएन बरु लखेटने चाहीं भयो। सबल सचेतन सकृय गोर्खानेता संस्था संगठनको अभावमा दवाव सिर्जिएर भुमिपुत्र गोर्खाहरुलाई समहक अधिकार बहाली गराउने कोहि भएन।बरु भुमिपुत्र विश्वविख्यात गोर्खामहाजातिको ‘गोर्खा’ शब्दको साटो नेपालको नागरिक बुझाउने ‘नेपाली’ जाति भन्दै भ्रमित पर्ने चक्र चल्यो। त्यो चक्रान्तमा सरकारी षडयन्त्रको घोडामा चडेर जातियस्वत्तालाईनै ध्वंशपथको धरापमा धकेलन स्वयम गोर्खाहरुपनि लागिपरे।
यिनै कुराहरू बुझ्न थालेपछि र हाम्रो भएर गरिदिने सोचिदिने कोहि नहुंदा, सचेतन असमेली गोर्खा युवाहरुलेनै छात्र संघको माध्यमले राजनैतिक मुद्दापनि समेटनु परेको देखिन्छ।

3)आग्सु र जातिय अरु संस्था संगठन बिच आपसी सम्बन्ध:-

दुक्खको कुरो हो, एकातिर -कतिपया पदलोभी नेताहरुको स्वेच्छाचारीताको कारण छात्र संगठनलाई स-शक्त बनेर अग्रसर हुनुमा बाधा नपुर्याएको पनि होइन । अर्कोतिर –गोर्खाछात्र संगठन र अन्य संस्था संगठनमा खासै ताल मिल रहेको देखिदैन।येसका धेरै कारण छन भिन्न भिन्न स्थान काल अनुसार, तर जेनेरेसन ग्याप,र संगठनका नेताहरुको गोर्खे बानी म मपाइपना मुख्या जस्तो देखिन्छ । जातिहितकै निमित्त चलेका संगठन हुँदा आपसी तालमेल सुझबुझ हुनु अनिवार्य हो। आ-आफ्नो दुइ तीन बर्षे कार्यकालमा उल्लेखनिय पदचिह्न छोडने हो भन्ने अडान र लक्ष लिएर चल्दा भविस्वको निम्ति मार्गदर्शक बन्न सकिने हो।

4)पुर्व आग्सुनेता हरू कति सफल कति विफल, अनि कारणहरु माथि माथि हेर्दा जातिले के पायो र के गुमायो:-

व्यक्ति हिसापले आग्सुनेता कोहि सफल भएको देखिदैन । यद्दपि सांगठानिक कर्तव्यमा आग्सुलाई जनमानसमा फैल्याउन केहिहद सम्म सफल, GACDC गठन गरेर स्वायत्त शासनको मागको र आन्दोलनको प्रभावसित अगोसको तालमेलमा गोर्खा उन्नयन परिषद गठन लाइ लिन सकिन्छ।त्यसपछि भने GACDC लथालिङ्ग, लक्ष प्राप्तिबिनै संग्राम बिथोल्लिएको छ ।
पुर्वोत्तरमा सवैभन्दा धेर जनसंख्या रहेको गोर्खाजाति हुनाले 1997 तिर पुर्वोत्तर गोर्खा छात्र संस्था खोल्न जमर्को गर्ने गोर्खा छात्रहरु परवर्ती समयमा ओइलाए सेलाए बिलाए किन थाहा लागेन। पुर्वोत्तर सहित सिक्किम दार्जिलिङ समेटेर रैथाने अन्यभाषी सहितै गोर्खे राजनैतिक दल गठन गर्नेबारे योजना कसैले लिएको देखिदैन्। भुतपूर्व आग्सुनेता हरुले त्योकिसिमको व्यापक प्रयास गर्नुको सट्टा यता उता जता ततै लरङ-बरङ गर्दै आएको देखिन्छ भने-व्यक्तित्वको हैसियतले भुतपूर्व कुनै आग्सुनेता अहिले सम्म सफल भएका छैनन भन्दा गलत नहोला।
बरिष्ठ आग्सु कर्मकर्तागणले अबका दिनमा GACDC पुन जिम्दाएर लक्षको पथमा चलाउनु पर्ने हो भने प्रकृत छात्रबर्गले समय समयमा जनवलको साथ दिएर निम्न उल्लेखित कार्य तर्फ गुरुव्त दिदां राम्रो हुन्छ भन्ने हामीलाइ लाग्छ।

5) आग्सुले छात्र संगठनको हैसियतले जिल्ला व केन्द्रिय उप सभापति र शिक्षा सचिवले चिन्तन गर्दै कार्यकारिणीको सहमति सापेक्ष ध्यान दिनुपर्ने केहि कामहरू :-

क) कलेज र तकनिकी र सरकारी संस्थान व निकायहरुमा गोर्खाको निम्ति कोटा रिजर्वेशनको माग ।

ख) दीर्घम्यादी योजना लिएर राज्यका मुख्य सहर तथा सदरहरुमा अवस्थित उच्च शिक्षा केन्द्रको सेरोफेरोमा ‘गोर्खा छात्रवास निर्माण र संचालनको प्रवन्ध गर्नु।

ग) नेपाली भाषा पठन पाठन सवैतिरका गोर्खाहरुले पढन पाउन तेस्को लागि तथ्य संकलन गरेर परवर्ती कदम/माग उत्थापन गर्नु।

घ) गोर्खा छात्र छात्राले भोग्नु परेको –किताप, शिक्षक इत्यादि विषयमा आवाज उठाउदैं समस्या समाधानको व्यावस्थाको लागी प्रयोजनीय पाइला चाल्नु।

ङ) हाइ स्कुलदेखि लिएर गोर्खा छात्रहरुलाई आग्सुबारे र जानकारी गराउदैं,संग्रामी भविस्य प्रजन्म अर्थात सांगठानिक उत्तराधिकारी तयार गर्दै जानु।

च) छात्र छात्रालाइ उच्च शिक्षण र जाँचमा राम्रो अंक प्राप्तिहेतु थोरै रकमको बिनिमयमा एक दुइ महिना अघि र गर्मीको विदामा विशेषगरि अंग्रेजी गणित विज्ञान र नेपाली भाषाकोपनि विशेष कोचिङको व्यवस्था गर्नु।

छ) विभिन्न जागिरमा संविधानिक स्वीकृति प्राप्त नेपाली भाषामै जाँच/परिक्षा दिन प्रेरणा दिनु।

ज) भाषा साहित्यको उत्थान र पठन पाठन व्यावस्थापनाहेतु सघर्षरत गोर्खाहरुको साहित्य संस्था अनेसास सित सुम्पर्क सर सल्लाहले कुरा र मुद्दाहरुको आदानप्रदान गर्दै अग्रशर हुनु।

झ) हर क्षेत्रमा विषेश जातिय गौरव आर्जन गर्न सक्षम राज्य व जिल्लाका प्रतिभाहरुलाइ आग्सुको प्रतिष्टा दिवसको दिन सम्मानित गरिने।
ञ) संगठनको कुनैपनि गतिविधि व कार्यप्रणालीको लेखकीय कार्य निर्वाह गर्नु र तथ्यहरु संरक्षण गर्दै स्मारिका/मुखपत्र निर्माण/प्रकाशनको मुल अविभारा पालन गर्नु।

6) जिल्ला व केन्द्रिय उप सभापति र सांगठनि सचिवले चिन्तन गर्दै कार्यकारिणीको सहमति सापेक्ष ध्यान दिनुपर्ने केहि कामहरू :-

क) संगठनलाइ जन जन सम्म पुर्याउने औसरहरु तलास्तै, तयार गर्दै आ-आफ्नो जिल्लाक्षेत्रको प्रत्यक स्कुल कलेजहरुमा शाखा फैल्याउने।

ख) समय र मौकाको उपयोग गर्दौ कुनै जातिय जमघटमा/नागरिक समाजसित मत विनिमय कार्यक्तम अयोजनाको माध्यमले पनि आजको परिस्थिति र आग्सुको विशेषता र प्रयोजनियता बारे जानकारी गराउने।

ग) गोर्खाको हितको पक्षमा समयमा उपयोग हुने गरि रैथाने अन्य जनगोष्ठिय छात्र संस्था-संगठन सित औपचारिक सम्झौता अथवा तलमिल कायम गर्ने।

घ) आग्सुको भित्रि अनुशासन कायम राख्नु जरुरी कदम चाल्ने।

7) जिल्ला व केन्द्रिय स्वयंसेवी दश्ता प्रमुख र सह सचिव/खेलकुद सचिवले
चिन्तन गर्दै कार्यकारिणीको सहमति सापेक्ष ध्यान दिनुपर्ने केहि कामहरू :-

क) जातिय आर्थसामाजिक सुरक्षा सम्वन्धमा,प्रायनै भुक्तभोगी हुनुपरेको सो विषयहरुमा तत्काल मैदानमा
उपस्थित हुदैं ह्रसम्यादी र दीर्घाम्याधी योजना बनाउनु त तदानुरुप कार्यन्नयन गर्ने पहल चाल्नु।

ख) वर्तमान जारि राखेको पैरेड तालिमको उपरान्त पनि व्यपक रुपमा छात्र-छात्रलाई आत्म रक्षाको तालिम दिने व्यवस्था गर्नु।

ग) प्राकृतिक व अप्राकृतिक दुर्योगमा उद्धार तथा सेवाकार्यमा सहयोगी हुनलाई युवाहरूमा मानसिकताको विकास गराउनु ।

8) जिल्ला व केन्द्रिय मुल सचिव र कोषाध्यक्षले चिन्तन गर्दै कार्य कारिणीको सहमति सापेक्ष ध्यान दिनुपर्ने केहि कामहरू :-

क) प्रत्येक कदममैं पैसाको प्रयोजन हुन्छ सवै संस्था संगठन संचालन गर्दापनि, र राज्यका अन्यभाषी छात्र संगठनहरुको कोष
निर्माण तरिका बुझेर प्रयोगमा ल्याउने चिन्तन गर्ने।उल्लेखित काम हरुमा त्यो रकमको सठिक उपयोग गर्ने/गराउने।

ख) संगठनको मर्यदा अस्तित्व र लक्षलाई अक्षुन्न राख्तै, अन्य कस्तो र कुन कुन क्षेत्रबाट संगठनको पुँजी बढला त्यो स्रोतहरूको खोज र प्रयोग ।

ग) सामाजिक झै-झगडा फैसलामा आगभाग लिएर समाजमा शान्तिव्यवस्था कायम राख्तै दोषीलाई दण्डित गरिएको रकम संगठनमा जमा गराउनु।

घ) देउसी भैलीको माध्यमले पनि संकृति रक्षाको साथ साथै प्राप्त रकम संगठनमा जमा गराउनु।

ङ) केन्द्रीय, जिल्ला र आन्चलिक स्थरमा संगठनको संयुक्त बैङ्क एकाउन्टको व्यवस्था गर्नु , जसबाट खर्चगर्न कार्यकारिणीको अनुमोदन अनिवार्य हुनु ।

च) गाँउ गाँउको प्रत्येक व्यक्ति सम्म आग्सुको लक्ष उद्धेस्य र काम काजहरुको जानकारी पुगेपछि, सठिक लागेपछि नागरिकगणलेनै स्वेच्छाले मासिक एउटा स्यानो रकम दिने निर्णय पनि लिन सक्छन।त्यो वातावरणको निर्माण गर्नचाहीं भने निक्कै मिहनेत गर्नै पर्छ।

9) आग्सुले जिल्ला व केन्द्रिय प्रचार सचिव र सभापतिले ध्यान दिनुपर्ने केहि कामहरू :-

क) संगठनको प्रत्येक गतिविधि र कार्यक्रमहरुको बारेमा सुचनाको प्रचार प्रसार

ख) गोर्खा महाजाति बारे स्थानीय ऐतिहासिक तथ्यहरुको संग्रह व प्रचार प्रसार

ग) विभिन्न विषयक जातिय तथा राज्यिक विषयहरुमा जातिको तर्फबाट तथ्य संगत र बलिष्ठ प्रतिक्रिया

घ) सामयिक,राजनैतिक पेक्षापटलाई मनन गर्दै त्यो परिस्थितिहरुलाई मौकामा बदलेर जातिको हितमा उपयोग गर्ने प्रयत्न।

ङ) जिएसिडिसि र जातिय तथा अन्य संस्था-संगठनहरुसित सम्पर्क सल्लाह परामर्श अनि सहयोगले धेर भन्दा धेर राजनैतिक गोर्खा प्रतिनिधि जिताउनु रणनीतिहरुको चिन्तन र कार्यान्नयनमा परोक्ष सहभागिता।

च) समाज निर्माणमा नारीलाई विशेष गुरुत्व र अग्राधिकार दिदैं सामाजिक रुढिवाद धार्मिक आधार र बर्णवादको प्रकुपले सिर्जना गरिल्याएको भेदभावको उन्मुलन गर्दै उच्च निच छुत अछुत रहित पार्दै संसारभरिका गोर्खा समाज एक समान बनाउने नितीले सहाय सहयोग आदान प्रदानमा गुरु्त्व दिनु।

जातिको कर्णधार युवाहरुको एकता र समाजप्रति दायवद्धतामा सदैव श्रीवृद्धि हवोस,यो सिलसिलाले निरन्तरता पवोस, प्रत्येक कर्मकर्ताले आ-आफ्नो कार्यकालमा केहि स्मरणीय अवदान पदचिह्न दिनेछु भन्ने अडानले अग्रशर हवोन संस्थाको निर्धारित लक्षमा।प्रत्येक गोर्खाले गौरवको साथ भनोस-जय गोर्खा, एउटै खुन एउटै जाति राख्छौं भरोसा आग्सुमाथी।

Compiled by AAGSU Subhchintak @B R Chetri

Source: All Assam Gorkha Students' Union

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions