Statue of Former ‪GJM‬ vice president Kaman Singh Ramudamu Unveiled

Statue of Former GJM vice president Kaman Singh Ramudamu Unveiled by the GTA chief  Bimal Gurung  in Rajbhawan Darjeeling.

जाति एवं समाज उत्थानको निम्ति आफ्नो जीवनकालभरि नै निर्भीक बनेर लागिपर्ने एक महान जातिप्रेमी स्व. श्री कमानसिहं रामुदामुको जन्मदिनको शुभ अवसरमा आज दार्जीलिङको राजभवन परिसरमा उनको सालिग पनि अनावरण गरियो। यसबाहेक उनको सम्मानमा दार्जीलिङ डाकघरको शाखा कार्यालयदेखि दार्जीलिङ जिल्ला अस्पतालसम्म जाने सड़कलाई पनि कमानसिहं रामुदामु पथ नामाकरण गरियो। यसबाहेक गोरखाल्याण्ड क्षेत्रीय प्रशासनले एक राजनैतिक नेताको रूपमा होइन तर उनले छाड़िराखेका सामाजिक योगदानलाई कदर गर्दै यसभन्दा अघिदेखि नै कमानसिहं रामुदामु वृद्धभत्ता’ पनि प्रदान गर्दै आइरहेको छ।
स्व. कमानसिहं रामुदामु एक राजनैतिक व्यक्ति त्वभन्दा धेर एक निस्वार्थ अनि निावान समाजसेवी थिए। जाति अनि समाजको हितको निम्ति उनी आफ्नो जीवनभरि नै सघर्ंषशील रहे। अनेकौं बाधा, चेतावनी अनि चुनौतीहरूबीच पनि उनी अनवरत् समाज अनि जाति हितमा अघि बड़िरहे। निडर अनि स्पष्टवादी व्यक्तित्वका धनी श्री. कमानसिहं रामुदामुको मार्गमा बिछ्याइने गरेका का़ँडाहरू आफै भुत्ते बन्यो तर उनको कार्य अनि इमान कहिले झुकेन। एउटा जातगोष्ठीको निम्तिमात्रै होइन तर उनी सम्पूर्ण गोर्खा समुदायका एक भरपर्दो अभिभावक थिए। उनले जीवनकालमा गरिराखेका उनका स्तुत्य कार्यहरूले नै आज उनलाई गोर्खा संसारमा अमर बनाएका छन्।
Statue of Former ‪GJM‬ vice president Kaman Singh Ramudamu Unveiled
Statue of Former ‪GJM‬ vice president Kaman Singh Ramudamu Unveiled
विश्वमा धेरै राजनैतिक नेता, समाजसेवीहरू थिए। अहिले पनि छन् ,भविष्यमा पनि रहनेछ। तर सबैको सालिग बनिदैन। सबैलाई मानिसले मनमा सजाउँदैनन्। सबैको निम्ति आसुँ खस्दैन। तर स्व. कमानसिहं रामुदामुजस्ता महान व्यक्तिहरू संसारमा धेरै कम जन्मिन्छन् अनि मृत्युपछि पनि समाजमा आफ्ना कार्य अनि व्यक्तित्वको कारण सदैव बाचिँरहन्छन्। महान व्यक्तित्वको धनी श्री कमानसिहं रामुदामुको सालिग अनावरण गर्नुको मुख्य औचित्य उनले गरिराखेका महान कार्यहरूलाई गोर्खा समाजमा सदैव दिगो बनाइराख्नु तथा उनले समाजलाई नयॉं क्रान्तिको चेतनाको उल्लेख अनि सम्मान गर्नु पनि हो।

स्व. कमानसिहं रामुदामु हाम्रो निम्ति इतिहास पुरूष हुन्। यसैले उनले आफ्नो जीवनकालभरि गरिराखेका कार्यहरूको संकलन अनि सम्वर्द्धन हुन जरूरी रहेको छ। यसोसले गोर्खा समाजका सम्पूर्ण शिक्षित व्यक्तिहरूलाई उनको कार्य अनि सामाजिक योगदानलाई लेख्यरूपमा संकलन गरी इतिहासको पृष्ठमा सुरक्षित राखिदिने पनि म आह्वान गर्दछु।

Via - Bimal Gurung Official

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions