सिक्किम गोर्खा जागरण संघको आयोजनामा बलिदान दिवस भब्य रूपमा पालन गरियो

KN Sharma

गेजिङ(जोरथाङ) २५ अगस्त सिक्किम गोर्खा जागरण संघको आयोजनामा आज सहिद मेजर दुर्गा मल्लको बलिदान दिवस भब्य रूपमा पालन गरियो । जोर्थाङ पन्चशिल भवनमा आयोजित यसै कार्यक्रमका मुख्य अतिथि संघका अध्यक्ष के बि राई बिशिस्ट अतिथ सुबेदार दावा वसि भोटिया एवं भुतपुर्व सैनिकहरु र उपस्थित सिक्किममेलि गोर्खा सन्तानले दुर्गा मल्लको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै पुस्पबृस्टीका साथ खाधामाला गरे ।पराधिनताको पराकाष्ठाबाट आफ्नो मातृभूमिको निम्ति हाँसी हाँसी बलि चड्ने भारतका महान बिभुती सहिद दुर्गा मल्लको संछिपत परिचय साहित्यकार चक्रपाणी भट्टराईले राखेका थिए रास्ट्र गानको साथमा शुरु भएको कार्यक्रममा विभिन्न देशभक्त गान साहित्यिक रचना पठा ,र युवा कबि खिलन शर्माद्वारा लिखित कविता संग्रह इतिहासका पाइलाहरुको बिमोचन गरियो ।आजको कार्यक्रममा ६० भन्दा आधिक गोर्खासन्तानहरुले रक्तदान गरे ।


मुख्य अतिथिको आसनवाट बाेल्दै अध्यक्ष के.बि.राईले महा व्याक्ति व्याक्तित्वकाे जन्म जयन्ती पालन गर्नु हामाे जिम्मेवारी एवं अधिकार रहेको जनाए ।देश राज्य एवं सन्तानको लागि सचेत हुनुपर्छ भन्दै दुर्गा मल्ल जाति सन्तानको लागि धेरै सचेत थिए।आज भारत देश धेरै विकास हुदै छ भने माहात्मा गान्धी दुर्गा मल्ल सगै वलिदान दिनेहरूकाे।कारण नै सक्क्षम भएको बताए । दुर्गा मल्ल देशको सपूत मात्र नभएर गाेर्खा सन्तान थिए भन्दै गाेर्खाली सैनिककाे कारण देश आजाद भएको दावी गरे ।भारत देशको लागि गाेर्खे सन्तान लक्क्षुमण रेखा डाल काडा भएर आज पनि खडा रहेको सङकेत दुर्गा मल्लकाे शालिकले बताइरहेकाे जनाए । जब उनलाई फासिकाे सजाय हुदा मृत्यु या जीवन राेजन लगाएको थियो तर उनलेे हासि हासि मृत्यु राेजेका थिए।

सम्मान दृष्टि राखन सिकिक्मा गैरसरकारी संस्था गाेर्खा जागरण संघ खाेलिएकाे बताए ।भाेटिया,लेप्चा र भारत सिकिक्ममा वसाे वासाे गर्ने गाेर्खाली व्यापारकाे सुरक्षामा अन्याय भएको खण्डमा न्याय काे लागि सदभावना रूपमा काम गर्ने अघि आउने जानकारी दिए।प्रत्येक साल श्रद्धाञ्जली अर्पण गर्नुपर्छ भन्दै दुई ओक्टुबरमा गान्धी जयन्ती भव्य रूपमा पालन गरिने जनाए ।देशमा अन्याय अत्यचार हुन्छ त्यसमा सामुहिक आवज उठाउन यो संस्था हाे,भन्दै के.बि.राईले आलोचना गर्नेलाई माया गर्नुपर्छ तबमात्र लक्ष्यमा पुगने बताए । अहिसक रूपमा काम गर्दा मासन चाहे दुर्गा मल्लकाे सपना पुरा गर्ने तयार रहेको चेतावनी दिए।उनलेे सिकिक्मा दुर्गा मल्लका सन्तानलाई आँच आउने काम हुदै छ भने भारत सरकार माैन बस्नु नहुनु बताए ।देशका प्रधान मन्त्रीले गाेर्खा भन्दा जातिवाद भएन तर हामी कसरी जातिवादी हुन सक्छु भनी प्रशन राखे ।आजको बलिदान दिवसमा राज्यका चारै जिल्ला वाट उपस्थिति सबैले दुर्गा मल्लकाे शलिकमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

Via VOS

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions