Jan Andolan Party (JAP) Manifesto - जन आन्दोलन पार्टीको घोषणा पत्र

जन आन्दोलन पार्टीको घोषणा पत्र
27 जनवरी २०१६
यस घोषणा पत्रसितै जन आन्दोलन पार्टी भारतीय अनि विशेषतः यस क्षेत्रको राजनीतिमा प्रवेश गर्दछ।वर्तमान दार्जिलिङ जिल्लाको प्रसङ्गमा हामी कतिपय उद्देश्य पुरा गर्ने प्रतिज्ञा अनि प्रतिबद्धता लिई जनसमक्षउपस्थित भएका छौँ।
यसर्थ, अहिलेलाई हाम्रो घोषणा पत्र यसै क्षेत्रका सन्दर्भ र सरोकारहरूसित मात्रै सीमित रहनेछ तर समय रआवश्यकता अनुसार राष्ट्रिय र अर्न्तराष्ट्रिय मुद्दाहरूलाई पनि यसले संलग्न गर्दै जानेछ । गत तीस वर्षदेखियस क्षेत्र र क्षेत्रवासीलाई गणतन्त्रको मुखौटो लगाएका सामन्ती र फासिस्ट राजनैतिक व्यवस्थाले पछौटेपनकोखाडलमा पुर्ने काम गरिरहेछ। यस्ता पछौटेपनका कारण वर्तमान बजार केन्द्रित उपभोक्तावादी वैश्विकअर्थव्यवस्थासित जुझ्न यहाँका जनमानस तयार नभएकाले यहाँको अवस्था अझै जटिल बन्दै गइरहेछ। ठुलाठुला उद्योग र संसाधनको अभावले यस क्षेत्रको सिमित व्यापार अनि उद्योगमा प्रतिस्पर्द्दा बढाएको छ ।राज्यका अन्य क्षेत्रहरूको तुलनामा यस क्षेत्रका आर्थिक, सामाजिक अनि सांस्कृतिक विभिन्नताका पृष्ठभूमिमासुहाउँदो राजनैतिक चर्चाको आवश्यकता छ, यसलाई पुरा गर्न नै यस नयाँ दलको गठन भएको हो।

Jan Andolan Party (JAP) Manifesto - जन आन्दोलन पार्टीको घोषणा पत्र
Manifesto of JAP revealed today in Kalimpong.

यसै पृष्ठभूमिमा, जन आन्दोलन पार्टी जनसाधारणसमक्ष निम्नलिखित मुद्दाहरू उठाउने वचनद्दता र कटिबद्धताजाहेर गर्दछ –
भाग - क
१. स्वायत्तता अनि स्वशासनको उद्देश्य पुरा गर्न सांस्कृतिक सद्‌भावना र सामञ्जस्य, आर्थिक, सामाजिक रराजनैतिक तर्कसङ्गतता राख्दै सबैलाई साथमा लिई समग्रताको सिद्धान्तमा हिँड्दै राष्ट्रिय अखण्डता र सुरक्षालाईध्यानमा राखेर यस क्षेत्रका निम्ति छुट्टै राज्यको लक्ष्य प्राप्त गर्न यो पार्टी अग्रसर भएको छ।
२. हाम्रो ‘मिसन पेपरमा २०१५’ मा वर्णन गरिए अनुसार कमानवासी, ग्रामवासी र सहरवासीहरूलाई रैयतीअधिकार दिलाउने, विशष गरी कमानवासीलाई जमिनको पट्टापर्जा हासिल गराउने कामबाट यो अभियान आरम्भगर्ने ।
३. उपनिवेशवादी विदेशी शासनका नराम्रा प्रभावहरू हटाई भूमि सुधारका नीतिहरू यस क्षेत्रमा कठोर अनि उचितरूपमा लागु गराउने दिशामा काम गर्ने।
४. भुजेल, गुरुङ, मगर, नेवार, जोगी, खस (छेत्री, बाहुन, ठकुरी र सन्यासी) राई, सुनुवार, थामी, याक्खा(देवान), धिमाल अनि अन्य जात गोष्ठीहरूलाई अनुसूचित जातिको मान्यता दिलाउनाका निम्ति लड्ने।
५. गरिबभन्दा गरिब अनि कमजोरभन्दा कमजोरलाई सरकारी सहुलियत र सुविधा प्रदान गर्ने दिशामा काम गर्ने।
६. आदर्श राजनीतिमा आवश्यक गुणवत्ता र अनिवार्य प्रजातान्त्रिक संस्थाहरूप्रतिको श्रद्धा अनि कानुनव्यवस्थाको उचित पालन भएको वातावरण कायम गर्न प्रतिबद्ध रहने।
७. राजनीतिज्ञ, व्यापारी अनि अपराधीहरूमाझको साँठगाँठ हटाई यस क्षेत्र र क्षेत्रवासीलाई वञ्चित पार्ने भ्रष्टचारीर भ्रष्टचारलाई उदाङ्गो पार्ने।
८. सरकारी एवं अर्धसरकारी कार्यालय अनि सामाजिक र राजनैतिक ओहोदामा संलग्नहरूवाट जवाबदेही अनिलेखा-परीक्षण ((Audit and Accounts) को माग गर्ने ।
९. आर्थिक परियोजना र राजनितिक पुर्नगठनमा सवै पक्षलाई सम्मिलित गर्ने ।
१०. सिमित राजनितिक लाभ र अन्य मसिना फाइदाहरूका निम्ति चुनाउमा बाहिरबाट संसदीय प्रतिनिधिहरू ल्याईयस क्षेत्रका सुयोग्य मानिसलाई प्रतिनिधित्वबाट विमुख र वञ्चित पार्ने चलन हटाउने ।
भाग ख
११. पञ्चायतीराजका संस्थाहरूलाई यस क्षेत्रमा पुर्नस्थापना गरी अनि सशक्त बनाई ग्रामीण सशक्तिकरण रगरीबी निर्मुल पार्न ग्रामीण विकासको काम गर्ने ।
१२ प्रजातान्त्रिक प्रतिनिधित्व र ढंगलाई बहाल गरि नगरपालिकाहरूका उचित कार्य कौशलताकानिम्तिभ्रष्टाचार र पक्षपातको निवारण गर्ने ।
१३ भावीपिढीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अनि यसमा समान अवसरहरू प्राप्त गराउने ।
१४ जलेपला पासको यातायात मार्ग खोल्ने माग गर्ने अनि यस क्षेत्रको आर्थिक मेरूढण्ड सशक्त पारी व्यवहारिकरूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारको सुविधा प्रदान गराउने ।
१५ साँचो स्वायत्तता र स्वशासनका निम्ति मानव संसाधनको जगेरा , देखरेख अनि प्रशिक्षणद्वरा यिनकोक्षमता बढाउने ।
१६ उद्यम कौशलताको जगेरा , देखरेख गरी आत्मनिर्भरता बढाउने अनि सरकारी र अन्य परोपकारीसंस्थाहरूबाट निर्भरता घटाउने ।
१७ हाम्रो मिसन पेपर २०२५मा गरिएको सक्षिप्त विवरण अनुरूप एउटा विशेषज्ञ समिति वनाइ यस क्षेत्रकोराजनैतिक अनि आर्थिक भविष्यको मार्ग तयार पार्ने अनि त्यसैलाई पछ्याउने ।
१८ यस क्षेत्रका विकासकानिम्ति केन्द्र र राज्य सरकारहरूसित सामान्य कार्य सम्पर्क राख्ने ।
१९ सवै संस्थाहरूमा उचित परियोजना र समन्वयन राखी तोकिएको समयमा कामहरू लागु गराउने ।
२० सम्पूर्ण संसाधनहरू , पानी, काठपात, खानी र खनिज प्रदार्थहरूका जगेरा र समान वितरण गराउने ।
२१ पर्यावरण संरक्षण अनि पर्यावरण मैत्री चलनहरू कायम गर्दै हिमाली क्षेत्रमा रूख कटनीमा प्रतिवन्द लगाउने।
२२ न्यायोचित श्रम व्यवहार अनि श्रम ऐनको उचित प्रयोग र कार्यन्वयन ।
अन्तमा हामी हाम्रा दाज्यू भाई, दीदी बहिनी, नारी, युवा , कर्मचारी , कृषक, शिक्षक, बुद्धिजीवी आनि बिभिन्न क्षेत्रका महानुभावहरुलाई यो परिस्थितिमा हामी सित उभिएर यो लक्ष्य हासिल गर्नमाँ सहयोग पुर्याउने आग्रह गर्दछौं।

Courtesy: Manoj Bogati


Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions