रोहिंग्याहरूलाई ढुक्कै छ, तर गोर्खाको चिनारी अझै संकटमा।

विश्वकै बृहतम गनतान्त्रिक देशमा यो के भैरहेछ? एकातिर राष्ट्र स्तरको साहित्यिक कार्यक्रम, राष्ट्रिय अकादमी कवि सम्मेलन विच भारतिय साहित्यका चिरपरिचित साहित्यकारहरूलाई समेत विदेशीको सम्बोधन गरिन्छ_ भने यता पहाडमा गोर्खा नेता बिमल गुरूङ र मोर्चाका शिर्ष नेताहरू लगायत GTA का पूर्व सभासद्, नगरपालीका पार्षद् समेतको नाम मतदाता शुचीबाट हटाइने फरमान जारी भएको छ। जब कि राज्यका मुख्य मन्त्री तथा तृनमुल नेत्री सुश्री ममता ब्यानर्जीले रोहिंग्या मुस्लिमहरूलाई बगांलमा आश्रय दिइने घोषना गरिसकेकी छिन भने दमदम नगरपालीकामा रोहिंग्याहरूको आधार कार्ड समेत बनिएको रिपोर्टमा उल्लेख छ। राष्ट्रकै गृह विभाग द्वारा रोहिंग्याहरू देशका लागी खतरा भनेर भनिएता पनी उनीहरूले बगांलमा आश्रय लिरहेका छन्।

तर के अचम्म पहाडमा GTA चुनाव जितेर यसका मुख्य कार्यपाल रहिसकेका बिमल गुरूङ लगायत सभासद अनी दुइ-दुइ पटक नगरपालिका चुनाव जितिसकेका नगर पार्षदको नाम मतदातन शुचीबाट हटाइने बगांल प्रसाषनको फरमान जारी भए पछी पहाड मा एउटा भयावह स्थिति देखा परेको छ।

भारतमा IPS र IAS लाई एउटा उच्च गरिमाको रूपमा सम्मान गरिन्छ तर उनीहरूनै राज्नैतिक प्रेरित भएर आँफ्नो कर्तब्य पथबाट हटेर कार्य गर्छन भने उनीहरूमाथी जन्ताको विश्वास हटेर जाने छ। साथै छोराछोरीलाई IAS र IPS बनाउछु भन्ने सपना पालेर बसेका आमाबाबुको सपना समेत गर्वमै तुहुने छ।

विश्वको बृहतम् गनतान्त्रिक देश भनिने यो देश भित्र त्यो कस्तो कानुन हो जो निर्वाचित सदस्यको समेत नाम मतदाता शुचीबाट हटाइन्छ?? बगांलमा गोर्खाहरूले चुनेका नेताहरू आज शुरक्षित छैनन् भने अब जन्ता कति शुरक्षित छन् त?? यो अन्दाज लाउने कुरो हो।

*के यो सहि भैरहेछ??
*के यसमा तपाँइको पनी सहमती छ?
*यदि छैन भने फेरी किन मौंनधारण गरेर बस्नुभएको छ?
*कतै बिमल पछी तपाँइ र मेरो पालो! त आउँदैन??

*सचेत नेताहरू बोल्नु पर्छ कि पर्दैन??
*शिक्षित जन्ताहरू बोल्नु पर्छ कि पर्दैन??
*जेम्मावार पत्रकारहरू बोल्नु पर्छ कि पर्दैन??
*साहित्यकारहरू बोल्नु पर्छ कि पर्दैन?

Prem Kumar Chettri

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions