6th August a day when Gorkhaland was defeated in 2017

Press Release

We fought a leaderless battle. 6th August is day when Gorkhaland was defeated in 2017.

This exact day, the aspiration of thousands washed off, when the so called brave leader of Gorkhas, Bimal Gurung ran for his life making mockery out of the sacrifices given by the martyrs. He chose his personal wellbeing over the cause of gorkhas and absconded when Darjeeling Police raided Gurung’s strong hold in the midst of the agitation last year.

Bimal Gurung 
It’s to be noted that, last year, during the end of July, that there were more number of people on the streets than police in the hills. The police was on the back foot as they didn’t want to aggravate the boiling situation after the death of nearly 12 people then. The police was seen locked in their confined areas as there were massive protests rallies and an ongoing indefinite hunger strike in the hills.

That was the time when Bimal Gurung should have come out in the public and showed his appearance as the agitation was seen to be going nowhere and the fact of ‘no leader on the ground’ too could not be ignored.

The speeches in the Bazar were given by GJM local town leaders along with some CPRM and GNLF leaders. In this given situation, the role of Binoy Tamang has to be appreciated. Even Maan Ghisingh was seen leading GNLF rallies and Binoy Tamang made an attempt to meet the sitting in for a hunger strike in chowrasta. There was a desperate attempt by GJM leadership begging Bimal Gurung to come to out and address the public but all went for vain as Bimal Gurung was reluctant to come out and he claimed to say that there would ‘be law and order’ situation.

Bimal Gurung, right from the start failed to come out. The Darjeeling police had even given him a chance to attend the 13th June, all party meeting in Gymkhana which he denied saying the police could not be trusted.

However, it was like any other typical monsoon day on 6th August, last year, the town was foggy and gloomy, while the ongoing strike had entered its 53rd day. And just after the everyday rally, the people were returning home, there was sudden buzz about how police were gathered to go down to Patlebas for a raid.

This was the first raid in Patlebas after June.

I would like to describe here about the situation in Patlebas, in July.
It was guarded by more than 1000 boys with patang (long sharp weapon) in military uniform with black masks. These boys were seen checking cars of the visitors who had come to visit Bimal Gurung. The people who visited Gurung then were being frisked at every 1 KM starting from St Micheal’s School. There were numerous camps of such masked people from Singmari to Patlebas.

The town was tensed as the police slowly approached Singmari. The people feared that these armed masked men would attack the police and the situation in the hills would deteriorate once again, but on contrary, these masked men were seeing fleeing for their lives while the police slowly approached down. Many of them fractured their hands and legs while jumping from tea gardens as Darjeeling Police marched down.

The so called “Gorkhaland ko Lagi Pran Dinchu” boys ran for their lives leaving their camps.

The news of the police raid quickly reached Bimal Gurung who had his camp in Singla. Instead of tackling with the police and facing them, Gurung crossed the border and entered Sikkim for his safety. Once Bimal Gurung was on the run, there was no leadership in the hills where Binoy and Anit were forced to take the leadership in their hands.

This was day when Police got the pulse of the coward leader and from that day the police never took a ‘U’ turn on him.


But, the million dollar questions which arise here is,

‘Is Bimal Gurung the real leader of billion Gorkhas? If you still nod your heads in agreement, then why would such leader leave the agitation directionless and abscond? Should we consider the fugitive one, our leader?

Satish Pokhrel
Vice President
Gorkha Janmukti Morcha
Central Committee

प्रेस विज्ञप्ति

हामीले नेतृत्वविहीन युद्ध लड़्यौ। 6 अगस्त गोर्खाल्याण्ड हारेको एउटा दुर्भाग्यपूर्ण दिन।

6 अगस्त गोर्खाल्याण्डको मुद्दाको हार भएको दुर्भाग्यपूर्ण दिन हो किनभने 2017 मा ठीक यही दिन गोर्खाहरूको आँटी अनि इमान्दार मानिएको नेता विमल गुरूङले पातलेबासमा पुलिसले छापामारी गर्दा आफ्नो ज्यान बचाउन गोर्खाल्याण्ड आन्दोलनलाई समेत अधकल्चोमा छोड़ेर सुइँकुच्चा ठोकी भागेका थिए।

सबैलाई अवगत भएकै कुरा हो, गतवर्ष जुलाईको अन्तमा गोर्खाल्याण्डप्रेमी जनता हजारौं संख्यामा आफ्नो ज्यानको पर्वाह नगरी सड़कमा निस्किएका थिए। पुलिसबलभन्दा धेर संख्यामा गोर्खाल्याण्डप्रेमी जनता गोर्खाल्याण्डको माग गर्दै सड़कमा उत्रिएको थियो। फलस्वरूप दार्जीलिङ पहाड़मा कुनै प्रकारको हिँसा नहोस् भनेर पुलिस बलसमेत ब्याकफुटमा जानु परेको थियो। किनभने योभन्दा अघि नै हिँसा भएको कारणले गर्दा 12 जना गोर्खाहरू शहीद बनिसकेको थियो। पुलिसहरू आ-आफ्नो इलाकामा नै तैनाथ रहनु परेको थियो भने दार्जीलिङ पहाड़मा हजारौंको संख्यामा मानिसहरू सड़कमा उर्लेर विरोध रयाली, जुलुस गरिरहेको थियो भने आमरन अनशनसमेत चलिरहेको थियो।

यस्तो स्थितिमा विमल गुरूङ एक आँटी अनि इमान्दार नेता भएको भए आफ्नो समर्थक आन्दोलनकारीहरूको बीचमा आएर आन्दोलनकारीहरूलाई मनोबल प्रदान गर्नुपर्ने थियो अनि आन्दोलनलाई अझ प्रभावशाली बनाएर अघि लानुपर्नेथियो। तर हजारौं समर्थकहरूको घेराबन्दी रहँदा-रहँदै पनि विमल गुरूङ कहिल्यै आन्दोलनकारीहरूको मनोबल बड़ाउन मैदानमा आएनन्। आन्दोलनकारीहरूको मनोबल बड़ाउन बजारका क्षेत्रीय नेता अनि क्रामाकपाका केही नेताहरूमात्रै भाषणहरू दिने गरेतापनि आन्दोलनको 105 दिन नै विमल गुरूङ आफ्नो ज्यान बचाउन लुकेर बसे। शहीदलाई श्रद्धाञ्जलि चड़ाउनसमेत उनलाई मैदानमा आउने आँट भएन। इमान्दार अनि आँटी मानिएको नेता विमल गुरूङलाई गोर्खाल्याण्ड अनि शहीदको वलिदानको भन्दा धेर मूल्य आफ्नो प्राणको रहयो।

यस्तो विकट स्थितिमा पनि भाषण दिने बजारका ती क्षेत्रीय नेतृत्त्व अनि क्रामाकपाका नेतृत्त्वहरू बरू विमल गुरूङभन्दा इमान्दार अनि साहसी देखियो। यसबाहेक अति सम्वेदनशील स्थितिमा पनि आफ्ना समर्थकहरूसित रयालीमा आउने गोरामुमो अध्यक्ष अनि आफू पक्रा पर्ने तथा ज्यान जाने डरलाई समेत पन्साएर चौरास्तामा अनशनकारीहरूसित भेट्न पुग्ने अनि दार्जीलिङ शहरका कतिपय विरोधमूलक कार्यक्रमहरूमा जनताबीच पुगेर मनोबल पड़ाउने विनय तामाङ विमल गुरूङभन्दा कैयौं गुणा साहसी अनि इमान्दार रहेको बुझियो। कानून व्यवस्था ठीक नभएको तथा आफ्नो ज्यानको खतरा रहेको कायरपूर्ण बयान दिँदै विमल गुरूङ आन्दोलनकालभरि केही भागिरहे। आन्दोलनको शुरूआतदेखि नै विमल गुरूङ भागिरहे यहाँसम्म कि 13 जूनमा जीमखानामा आयोजित अल पार्टी मीटिङमा सहभागी बन्न पुलिसले अनुमति दिँदा पनि पुलिस प्रशासनको विश्वास नरहेको उल्लेख गर्दै पक्रा पर्ने डरले उनी उक्त मीटिङमा पनि सामेल भएनन्।

गतवर्ष 6 अगस्तको दिन गोर्खल्याण्ड आन्दोलन सल्केको 53 दिन भएको थियो। सोहीमा  दिन पातलेबासमा पुलिसले छापामारी अभियान चलाएको थियो। जून महीनापछि पातलेबासमा गरिएको यो पहिलो छापामारी थियो। जुलाई महीनासम्म पातलेबाँसमा फौजी पोशाक लगाएर  मुखमा कालो पट्टी बाँधेका लगभग 1000 केटाहरू पाताङ (धारिलो हतियार) लिएर विमल गुरूङको निगरानीमा बस्दथ्यो। ती युवाहरूले विमल गुरूङलाई भेट्न आउने सबैको गाड़ी अनि शरीर निरीक्षण गर्थे। विमल गुरूङलाई भेट्न जानेहरूलाई पातलेबासदेखि लगभग एक किमी माथि स्थित सेन्ट माइकल स्कूलदेखि नै निरीक्षण अनि निगरानी गर्थे। सिङमारीदेखि पातलेबाससम्म यस्तै मास्क लगाउने केटाहरूको धेरै ठाउँमा  बस्ने गर्थे। 

पुलिसले छापामारी गर्दा ती केटाहरू अनि पुलिसमाझ हिस्रक भिड़न्त हुनसक्ने तथा दार्जीलिङ पहाड़को स्थिति भयावह भएर जाने मानिसहरूले चिन्ता व्यक्त गरिरहेका थिए। तर जब पुलिसले पातलेबासमा छापामारी गरियो गोर्खाल्याण्डको निम्ति प्राण दिन्छु भन्ने ती युवकहरू पनि आफ्नो ज्यान बचाउन चम्पट कसे। यतिमात्र होइन जब पुलिस छापामारीको खबर सिङ्लामा क्याम्प लगाएर बसेको विमल गुरूङले सुने उनी अडिग भएर बस्नुको साटो आफ्नो सुरक्षाको निम्ति तत्कालै सिक्किम सीमा नाघेर चम्पट कसे। एकातिर गोर्खाल्याण्डको निम्ति ज्यान समेत दिएर जनताले उनलाई सहयोग गरिरहेका थिए भने विमल गुरूङ पक्रा पर्ने डरले सिक्किमतिर भागेका थिए। विमल गुरूङ भागेपछि गोर्खाल्याण्डको आन्दोलन दिशाहीन बन्ने अवस्थामा बाध्यतावश विनय तामाङ अनि अनित थापाले आन्दोलनको नेतृत्त्व सम्हालेका थिए। उनीहरूमाथि पनि विमल गुरूङजत्तिकै खतरा भएतापनि उनीहरूले दार्जीलिङ पहाड़ छोड़ेनन् आन्दोलनको मैदान छोड़ेर भागेनन्। परिस्थितिलाई डटेर सामना गरे। आँटी अनि इमान्दार नेतृत्त्व विमल गुरूङ हुन् कि विनय तामाङ र अनित थापा हुन् भन्ने यसैले पनि स्पष्ट पार्छ।
6 अगस्त अर्थात् आजको दिन विमल गुरूङ आन्दोलनको मैदान छोड़ेर सिक्किम भागेपछि नै आन्दोलनमा पुलिस प्रशासनको दबाउ बड़्दै गएको हो। किनभने जनताले आँटी र इमान्दार भनेर विश्वास गरेको नेता विमल गुरूङ नै डरछेरूवा भएर भागेपछि पुलिसले विमल गुरूङको नाड़ी छामे।
सबैभन्दा ठूलो अनि महत्वपूर्ण प्रश्न के रहेको छ भने विमल गुरूङले शहीदहरूको वलिदान अनि जनताको भावनालाई कदर गर्दै नभागी डटेर परिस्थितिको सामना गरेको भए के उनको सुरक्षा आन्दोलनमा खटिएका हजारौं गोर्खाहरूले गर्ने थिएन?  अथवा गोर्खाल्याण्डको निम्ति उनी पक्रा नै परेको भएतापनि जनताको मन- मस्तिष्कमा उनको प्रभाव अझ बड़ेर उनी क्रान्तिकारी कहलाइने थियो र गोर्खाल्याण्डप्रेमी जनता अझ समर्पित भएर आन्दोलनमा उत्रिने थिए र सम्भवतः गोर्खाल्याण्ड आन्दोलन निरन्तर रहिरहने थियो।
तर मुखलेमात्रै बाघ हुँ भन्ने विमल गुरूङ आफैले डरछेरूवा मानसिकता देखाएर गोर्खाल्याण्ड आन्दोलन भताभुङ्ग बनाए भने सरकारलाई गोर्खाल्याण्ड आन्दोलन दबाउने प्रशस्त मार्गहरू पनि बनाइदिए। डेड़ करोड़ गोर्खाहरूको प्रतिनिधिले पक्रा पर्ने डरले डेड़ करोड़ गोर्खाहरूको सपना अनि बलिदानलाई लत्याएर भागेको आजको दिन गोर्खाहरूको भाग्यमा ग्रहण लागेको दिन हो। वीर गोर्खाहरूको इतिहाँसमा आजको दिन विमल गुरूङको कायरपनाको बदनाम इतिहाँस कोरिएको छ।

सतीश पोखरेल
उपाध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा,केन्द्रिय समिति|

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions