दिनांक 28 अनि 29 तारीख जुलाई 18 मा गोरखल्याण्ड संयुक्त संघर्ष समिति को आह्वान मा डाकिएको प्रस्तावित गोरखल्याण्ड क्षेत्र लगायत सम्पूर्ण भारतब्यापि राजनैतिक अनि अराजनैतिक पार्टी का प्रतिनिधि हरु लाई लिएर गरिएको गोर्खा राष्ट्रीय शिखर सम्मलेन सुचारू रूप मा सम्पन्न भयो। गोर्खाहरु को राष्ट्रिय चिनारी र राजनैतिक सुरक्षा को निम्ति गरिएको सिंगो मुद्दा गोर्खाल्याण्ड को निम्ती साथै पहाड़ मा बंगाल सरकार द्वारा गोर्खा हरु को अस्तित्व मास्न गोर्खाहरु माथि गरिरहेको बिभिन्न अन्याय र अत्याचार बिरुद्ध अनि देशब्यापी गोर्खा हरु ले बिभिन्न राज्य हरु तिर भोगीरहेको बिभिन्न समस्या हरु लाई लिएर गरिएको शिखर सम्मलेन मा पहाड़ का राजनैतिक पार्टी बाट गोर्खा राज्य निर्माण मोर्चा बाट अध्यक्ष श्री दावा पाखरीन अनि टोली, गोर्खा जन मुक्ति मोर्चा (बिमल गुरुङ पन्थी) बाट डा० लोपसांग लामा, श्री रमेश आले, प्राध्यपक उर्मिला रुम्बा, अनिल लोप्चन अनि टोली, क्रमैले क्रन्तिकारी मार्क्सवादी पार्टी बाट अध्यक्ष श्री आर बी राई अनि टोली, यु जी आर एफ बाट अध्यक्ष श्री अजय दहाल अनि टोली, एन जी सी बाट रिटायर्ड डी जी पी श्रीमान अनिल प्रधान, नवीन सुब्बा, आई डि आर एफ बाट श्रीमान केदार नाथ शर्मा, डोनाल्ड गहतराज अनि टोली, जी यु एल एफ बाट सचिव श्रीमती ऋषिका छेत्री, असम गोर्खा छात्र संघ बाट अध्यक्ष श्री प्रेम तमांग अनी टोली, श्री सुनिल छेत्री अनी टोली, भारतीय गोर्खा परिसंघ बाट श्री जोएल राई, जी डब्लू डब्लू ए एम् मेघालय बाट अद्यक्ष श्रीमती सरस्वती राई, जेस्मिन राइ अनि टोली, मणिपुर गोर्खा सुधारक संघ बाट सचिव श्री शिव बस्नेत, ए आई जी इ डब्लू ए देहरादून बाट महासचिव श्री ए के मुखिया, उत्तराखंड जी एस एस एस बाट श्री गजेन्द्र शाही, गोर्खा डेमोक्रेटिक फ्रन्ट बाट अध्यक्ष श्री सूर्य बिक्रम शाही,हेल्प क्रस बाट बिशाल थापा, उत्तराखण्ड सर्ब समाज महा संघ बाट सारीका प्रधान अनी टोली, गोर्खा राष्ट्रिय कांग्रेस बाट - अध्यक्ष श्री भरत दोङ, सुबोध पाख्रिन अनि टोली, जी एस एस एस दार्जीलिङ बाट आशिष छेत्री, जी एस एस एस कालेबुङबाट उमेश शर्मा, बीर गोर्खा कल्याण समिति बाट अध्यक्ष श्री श्रवण सिंह प्रधान, सिक्किम बाट अधिबक्ता सुश्री याङ्जी पिनाशा, डुवर्स गोजामुमो(बिमल गुरुङ गुट ) बाट श्री रोहित थापा आदि प्रमुख रूप ले उपस्थित थिए, जाप पार्टी बाट प्रतिनिधि को रूप मा सुप्रीम कोर्ट का अधिवक्ता श्री महेश सिंह जी उपस्थित थिए भने उनले जाप अध्यक्ष श्री हर्क बहादुर क्षेत्री आफ्नो पारिवारिक असुविधा ले उपस्थित हुन नसकेको तर उक्त सम्मेलन को निर्णय लाई समर्थन साथै सहयोग गर्ने अध्यक्ष को लिखित संदेश पढेर हाउस लाई सुनाए, यस लगायत सिक्किम टेवा मञ्च, एन सी सी जी मणिपुर, एन जी ए नागाल्याण्ड,शिलगडी बाट बि पि बजगाँई, कालेबुङबाट पिक्सा सुझाव एव लिखित सहमति प्राप्त भएको छ। २८ तारीख को दिन एम् पी क्लब नार्थ एभिन्यू दिल्ली मा अनि दोस्रो दिन करोल बाग मा सम्पन्न भएको उक्त सम्मलेन लाई रिटायर्ड आई पी एस श्री नर्बु छिरिंग ज्यु ले अद्यक्षता गरेका थिए। उक्त सम्मेलन मा स्वागत भाषण गोरखल्याण्ड संयुक्त संघर्ष समिति का अद्यक्ष श्री किरण बी के ले राखेका थिए, कार्यक्रम मुख्य मोडेरेटर जिएसएसएस कार्यकारी अध्यक्ष सघन मोक्तान एंव जिएसएसएस का राष्ट्रिय प्रबक्ता श्रीमती अन्जनी शर्माले गरेका थिए । जसमा उनले सबै लाई स्वागत जनाउदै गोर्खा हरुका पहाड़ देखि लिएर देशब्यापी समस्या हरु लाई राखेका थिए भने यो सम्मलेन बाट यी सबै समस्या निराकरण को बाटो अनि गोर्खे अस्तित्व जगेरा को बलियो धरातल बनियोस् साथै जनता को आकांशा अनुरूप यसको निचोड़ निस्कियोस् भन्दै सुरुवात गरेका थिए।
सम्मलेन को पहिलो दिन को कार्यसूची अनुरूप गोरखल्याण्ड को बिगत आंदोलन हरु असफल भएको प्रमुख कारण हरु खुट्याउने काम भयो जसमा उपस्थित सबै प्रतिनिधि हरु ले बिभिन्न कारण हरु राखे साथै ति कारण हरु माथि चर्चा परिचर्चा गरियो। यसरी नै दोस्रो दिन ती समस्या हरु को समाधान बिषय लिएर बहस चल्यो, भने 2019 को रणनीति बारे पनि धेरै तर्क भयो साथै सबै ले बिचार साझा राखे । समाधान को क्रम मा सबै ले साझा पहल मा साझा रणनीति नै प्रमुख समाधान रहेको मन्तब्य पोखे भने सबै भन्दा पहिला साझा मंच मा आउन जरुरी रहेको सबै अग्रज हरु को भनाई थियो। जाती अस्तित्व को निम्ती यो समय धेरै खतरनाक रहेको र हामी सबै ले पहाड़ मा चलिरहेको बिभिन्न चल खेल र अत्याचार बिरुद्ध साथै मणिपुर को गोर्खा हरु ले भोगी रहेको आई एल पी को समस्या आसाम का गोर्खा हरु ले भोगी रहेको डी भोटर र एन आर सी को समस्या लगायत देश का बिभिन्न राज्य तिर बसोबास गर्ने गोर्खा हरु को निराकरण को निम्ती सबै ले एकमुष्ट भएर साझा रूप मा पहल गर्ने निधो गर्दै निम्न रेजुलेशन लाई सर्ब सम्मति ले पारित गरियो।
गोर्खा राष्ट्रीय शिखर सम्मलेन ले पारित गरेका 7 बुँदे रेजुलेशन निम्न प्रकार ले छन।
1. गोर्खाल्याण्ड अभियान लाई अगाडि बढाउन सबै राजनैतिक अनि अराजनैतिक पार्टी का प्रतिनिधि हरु लाई लिएर राष्ट्रिय स्तर को संयोजक समुह को निर्माण गरियो।
२. गत आन्दोलन को निहुँ मा प्रस्तावित गोर्खाल्याण्ड क्षेत्र मा बंगाल प्रशासन द्वारा चलाइएको दमन उत्पीडन र झुटा मामला हरु बन्द गरिनु पर्छ।
३. भारत को खाट्टी नागरिक माथि बंगाल सरकार जातिय उत्पीडन रोक्न केन्द्र सरकार ले तुरन्त हस्तक्षेप गर्नु पर्छ।
४. संवैधानिक अनि न्यायोचित मांग गरिरहेका श्री विमल गुरुङ लगायत अन्य नागरिकहरु लाई बंगाल प्रशासन ले गरिरहेको पानी खेदो तुरन्त बन्द हुनु पर्छ।
५. गोर्खा राष्ट्रिय शिखर सम्मेलन ले पारित गरेको रेजुलेशन को प्रति सम्पूर्ण राज्य का मुख्यमंत्री, राज्यपाल साथै संसद का विपक्ष का नेता हरुलाई उपलब्ध गराउनु पर्नेछ।
६. असम मा बसो बासो गर्ने गोर्खा समुदाय लाई डी भोटर र फरेन ट्रीब्युनल द्वारा षड्यन्त्र पूर्वक विदेशी तथा बंगलादेशी थप्पा लगाउने असमेली सरकार को कार्य माथि केन्द्रिय सरकार ले हस्तक्षेप गर्नु पर्छ।
७. बर्षौ देखि पूर्वोत्तर को राज्य मणिपुर मा बसोबास गर्ने गोर्खा समुदाय लाई विदेशी घोषित गर्न १९५० लाई कट आफ यिएर रखी जारी गरिएको मणिपुर पिपल बिल २०१८ तुरन्त फिर्ता हुनु पर्छ।
अन्त मा यो पहल लाई साँचो रूप मा राष्ट्रियकरण गर्न साथै नवगठित राष्ट्रिय संयोजक समुह जो प्रत्येक राजनैतिक अनि अराजनैतिक पार्टी बाट दुई दुई जना लिएर बनिएको छ यसको संयोजक को रूप मा जी एस एस एस को प्रतिनिधि ले नै कार्य गर्ने निधो गरियो साथै उक्त समुह द्वारा बारम्बार बसेर गोर्खा हरु को सिंगो राष्ट्रिय चिनारी को मुद्दा गोर्खाल्याण्ड को निम्ति साथै गोर्खाल्याण्ड क्षेत्र लगायत विभिन्न राज्यहरू को समस्या हरु पनि बुझ्ने हेतु ले देश का विभिन्न राज्य मा शिखर सम्मेलन को फलोअप मीटिंग राख्ने निधो गरियो साथै अगला कार्यक्रम असम को गुवाहाटी मा सेप्टेम्बर महिना मा गर्ने सर्वसम्मति ले पारित गरियो।
किरण बी के
अध्यक्ष
सघन मोक्तान
कार्यकारी अध्यक्ष
केन्द्रिय समिति
गोर्खाल्याण्ड संयुक्त संघर्ष समिति ( साझा मञ्च)

Post a Comment