AM I FROM NEPAL ?
मैले तीनपल्ट सोधें गोवामा...
“POET SUBASH RAI SOTANG FROM NEPAL” भनेर मलाई दुइपल्ट भनिएपछि मैले “AM I FROM NEPAL? “ भनेर तीनपल्ट सोधें गोवामा | साहित्य अकादमीद्वारा पणजीको कला अकादमी सम्मेलन कक्षमा सम्पन्न भएको ‘Symposium On Contemporary North-East Indian Literature and Poet Meet’ कार्यक्रममा म पनि Indian Nepali Poet को रुपमा उपस्थित थिएँ | तर जब कार्यक्रम शुरु भयो तब उपस्थित कविहरूलाई मंचमा बोलाउने क्रममा कार्यक्रमकी उद्घोषिकाले मलाई “Poet Subash Rai Sotang from Nepal” भनेर बोलाइन् | त्यतिमात्र होइन फेरि पछि कविता वाचनको निम्ति बोलाउँदा पनि त्यही ठेगाना दोहोराइन् |
आयोजकवर्गले भनेअनुरूपनै आफ्नो सम्पूर्ण ठेगाना लेखिएको बायोडाटा अघिबाटै उपलब्ध गराउँदा – गराउँदै पनि आफुलाई ‘नेपालबाट आएको कवि” भनिँदा चुप लागेर नूनको सोझो बन्नु मलाई मेरो मनले दिएन र नै हामी भारतीय नेपाली कविहरू धरीलाई लाग्ने ‘मेड इन् नेपाल’-को छाप हटाउन तथा आफ्नो असली परिचयबारे उनीहरूलाई अवगत गराउन मैले आफ्नो बोल्ने पालो आएपछि आफू नेपालबाट आएको लेखक नभएर भारतीय नेपाली लेखक भएको कुरा स्पष्ट पार्ने सक्दो कोशिश गरेको थिएँ | जुन कुरा त्यहाँ उपस्थित ‘Times of India’ (TOI)-की रिपोर्टरले गोवा पेजमा अलिक अधमरो रुपमा प्रकाशित गरिछिन् अनि त्यही खबर यता ‘Darjeeling Times’-ले पनि आफ्नो वालमार्फत प्रचारमा ल्याएपछि आफ्नो-आफ्नो बुझाइअनुसार विभिन्न प्रतिक्रियाहरू पनि हुँदैरहेछन् | आफ्नो मोबाइलमा भने आफ्नो स्टाटस मात्र हेर्न सकिने सुविधा हुँदा बाहिर के हुँदैछ समयमा थाहै भएन | आज घर आइपुगेपछि त्यो अपुष्ट खबर र त्यसमाथि भएको बुझाइको बाझोलाई ध्यानमा राख्दै त्यहाँ मैले आपत्ति जनाएको सत्यताबारे स्पष्ट पार्न बसें |
जानेर हो कि अन्जानमा हो उद्घोषिकाले मेरो ठेगाना स्पष्टरुपले ‘नेपाल’ बताए पछि प्रतिक्रियास्वरुप मैले मेरो कुरा मंचबाट यसरी राखेको थिएँ –
“Seeking your prior permission, First of all I would like to clarify regarding my address. (यतिबेलै मसितै मंचमा आसीनहरूमा कसैले ‘Yes Yes address was wrong’ पनि भन्दै थिए, म बोलिरहें)- It was announced from here that I m from Nepal. Am I from Nepal ? Am I from Nepal ? Am I from Nepal ? (यसरी मैले तीनपल्ट सोधें, यसबेला मंचमा आसीनहरूमध्ये केहीले भन्दै थिए – “No, No, No”)
Is Nepal a part of India ?
Is Nepal a part of India ?
(मैले दोस्रो प्रश्न यसरी दुइपल्ट गरें अनि आवाज पनि सुन्दै थिएँ –“No, No, No.” म बोलिरहें)- Here we are talking about ‘Contemporary North-East Indian Literature’ (दोहोर्याउंदै फेरि भनें)- ‘Indian Literature’ And I have been invited here as an Indian Nepali writer. Then how could you say that I am from Nepal? Of course, I speak Nepali, My own language Is Nepali. But I am a Nepali speaking Indian Citizen, and my country is India. Please don’t make me a Nepali foreigner. (यसबेला मुखैमा आयो हिन्दी, भन्दिएँ हिन्दीमा पनि) – हमे विदेशी मत बनाइए | I am from Darjeeling, which falls in India under West Bengal State. (फेरि हिन्दीमा भनिदिएँ) “ कृपा करके इंडिया का हिस्ट्री, जोग्राफी, राजनीति मत बिगारिएगा, प्लिज |”
त्यसपछि ती उद्घोषिकाले धेरैचोटि मंचबाटै माफी मागिन् अनि आफ्नो उद्देश्य तेस्तो नभएको बताइन् | वास्तवमा प्रोग्राम लिस्टमा नामको पछि ब्रेकेटमा ‘नेपाली’ लेखिएकोले गर्दा तेसो हुनगएको भन्ने आलटाले जवाब दिनथालिन् | मैले प्रतिक्रियामा भनें – “What people think and speak about us in the market because of their misconception, We don’t care but this is an official programme, So this type of error should not happen.”
कार्यक्रमपछि पनि तिनले व्यक्तिगत रुपमा भेटेर मलाई स्पष्टिकरण दिने कोशिश गरिन्, क्षमा मागिन् | असम, मणिपुर, बोडो साथीहरूले पनि राम्रो जवाब दिएकोमा धाप मार्दै बधाई दिए | उत्तर-पूर्वी राज्यवासीहरूलाई देशले हेर्ने दृष्टिकोण अझ पनि सही नभएको कुरा गरे तिनीहरूले | त्यसरी नै कविगोष्ठी सत्रका अध्यक्ष तथा सुप्रसिद्ध कोंकोणी लेखक पुंडलिक नायकले त मेरो भनाइलाई आधार गर्दै यो देशमा कतिपय जातिलाई घरी घरी आफूहरू राष्ट्रवादी भएको प्रमाण दिइरहनु पर्ने बिडम्बना रहेको प्रसंगको उल्लेख गरे | उनले देशलाई टेरिटोरी मात्र चाहिएको तर त्यहाँको मानिस नचाहिएको झैँ लाग्छ पनि भने | यस्तो कुरा लिएर पनि उत्तर-पूर्वी क्षेत्रका कलमकारहरूले कलम चलाउनु पर्ने उनले बताए |
“समकालीन नेपाली साहित्य”- माथि वार्ता दिन आएका असम तेजपूरका लेखक ज्ञानबहादुर छेत्रीले पनि खुसी हुँदै मलाई भने –“ फलाम तातिएकै बेलामा प्रहार गर्नुपर्छ, अरुबेला गनगन गरेर हुँदैन | तपाईंले ठिक ठाउँमा ठिक्क बोल्नुभो |” उनले अझै भने –“ त्यो उद्घोषिकालाई त रिसाउनु होइन धन्यवाद पो दिनुपर्छ होला अब, कारण उसैको कारणले त तपाईंले हाम्रो कुरा स्पष्ट संगले राख्ने मौका पाउनुभयो |”
मैले पनि कता कता सम्झिएँ – ‘हो त’|
कुरा यसो भाको थियो | त्यसपछि ती टाइम्स अफ इन्डियाकी रिपोर्टर मलाई खोज्दै आइन् र इन्टरव्यु लिन थालिन् | उनी पनि मलाई सोध्छिन् “तपाईं कहाँ जन्मेको भनेर |” मैले म त के मेरो बाजे-बराजु जम्मै दार्जीलिंगमा नै जन्मेका हुन्” भनेर बताइदिएँ | भनिदिएँ- We are the architect of modern India. But people have misconception regarding us because of Indo-Nepal reciprocal treaty and open border.
(अरु थुप्रै कुरा भनें क्रमश: लेखुँला |)
Note - This is what Poet Subash has posted on Facebook
Via POET SUBASH RAI SOTANG