Showing posts with label Gorkha Janmukti Morcha. Show all posts
Showing posts with label Gorkha Janmukti Morcha. Show all posts

No Gorkhaland, Nor the Sixth: Binay Pleads the Fifth

7:59 PM

Neither Gorkhaland nor Sixth Schedule status. The current lot of politicians in Darjeeling Hills have now raised the demand for inclusion of the region in the Fifth Schedule of the Constitution.

Binay Tamang, the president of a faction of the Gorkha Janmukti Morcha (GJM) that enjoys the backing of the state government, yesterday said that the party has decided to press for inclusion of entire north Bengal in the Fifth Schedule.

“In our party’s foundation day, it has been resolved that GTA areas and the rest of north Bengal should be declared a Scheduled Area. This will help this economically backward region develop and, in turn, benefit all the communities living here,” Tamang, who also happens to the chairman of Gorkhaland Territorial Administration (GTA), today told reporters at Bagdogra Airport in Siliguri.

Tamang was in Delhi yesterday to participate in a demonstration against the BJP-led Centre’s alleged double standards as regards the Gorkhaland demand. The demonstration, however, was cancelled as Delhi Police withdrew the permission at the last moment.

“They allege that there is no democracy in Darjeeling. But it is in Delhi where democracy is being trampled. At the phone call of BJP minister SS Ahluwalia, Delhi Police did not allow us to hold the demonstration,” he said, adding that the party later held the foundation day meeting at Vasant Vihar in the Capital.

“If Gujarat and nine other states can have Scheduled Area, why not north Bengal? After Deepavali, we will hold a series of protest rallies and meetings in Delhi to press for this,” Tamang added.

Under the provisions of the Fifth Schedule of the Constitution, Scheduled Area is treated differently from the other areas because they are inhabited by socially and economically backward aboriginals and special efforts need to be made to improve their condition.

The entire set of normal administrative machinery is a state is not extended to a Scheduled Area, and the Central government shoulders a greater responsibility for its overall development.

There are Scheduled Areas in Bihar, Jharkhand, Chhatisgarh, Odisha, Himachal Pradesh, Rajasthan, Gujarat, Madhya Pradesh, Tamil Nadu, Telangana, and Andhra Pradesh

[Via: Newsmen]

गोर्खा जनमुक्ति युवा मोर्चा उपाध्यक्ष दिपेन माले बाट केही शब्द आलोक कान्त मणी थुलुंग लाई

3:24 PM
"आलोक कान्त मणी थुलुंग, मेरो प्रेस रिलिजमाथि तिम्रो भिडियो बयान हेरें| समयले तिमीलाई फरेबी राजनीति निकै सिकाएछ| भिडियोमा तिम्रो गोर्खाल्याण्ड प्रेम पनि देखें| शहीदको रगत बेचेर किनेको निलो पारी भएको सेतो लुगाले छोपेको तिम्रो गोर्खाल्याण्ड तिमीलाई मुबारक छ |

तिमीले विकासको कुरा गरेछौ| राम्रो लाग्यो| छिमेकी राज्य सिक्किममा हाम्रोभन्दा आधा जनसंख्या भएको ठाउँमा यो वर्ष पारित बजेट ७०५१.०९ करोड़ हो अनि तिम्रो जोजोको कुर्सीले थाप्ने प्लान बजेट ३५६ करोड़ अनि नन-प्लान बजेट २९८.१० करोड़ हो| तिमी अझै कति दिन विकासको नाममा सुगा रटाई बोलिरहन्छौ आलोक? आफ्नै राज्य हुँदा विकास गर्नु तिमीलाई के ले रोक्छ? आफ्नै राज्यमा आउने बजेटले कति विकास गर्नु सकिन्छ भन्ने सोचेको छौ? हिसाब लगाएको छौ?
Bimal Gurung

हाम्रो चियाबारीको श्रमिकलाई भएको ज्यालाको अन्याय तिम्रो विकासले पुरा गर्छ? आफ्नै राज्य हो भने उनीहरूको आँशु पुछ्न सकिन्छ कि सकिन्दैन भन्ने कुरा सोचेको छौ?

दार्जीलिंगको हिलोसरीको सडक त टाल्नु पुग्दैन कलकत्ते बजेटले तिमीलाई गाउँको बिकासको बजेटको कुरा गर्नु लाज लाग्दैन?

फेसबुकमा आन्दोलन हुँदैन भन्छौ अनि मेरो एउटा प्रेस विज्ञप्तिलाई १९ मिनट जवाब पनि दिन्छौ, आफै अझै कतिदिन जनता अघि जोकर हुने? मैले प्रेस विज्ञप्ति लेखेको होइन भनेछौ, यसलाई हिन्दीमा खिसियानी बिल्ली खम्बा नोचे भन्छ| मतलब विज्ञप्तिले तिमीहरूलाई हल्लाएछ| यो त हल्लिनुको शुरूवात हो| हामीले एक वर्ष चुपचाप बसेर हाम्रै कमि-कमजोरीहरू केलायौं, अध्ययन गर्यौं, पड़्यौं|  अहिले तिमीहरूलाई पड़्दैछौं| हामी जुन दिन आउँछौं, तिमीहरूले जनतालाई भ्रममा राखेर, आतंकित बनाएर गरेको जाति विरोधी क्रियाकलापको पाई-पाई हिसाब बोकेर आउनेछौं|

 झण्डाको कुरामा तिम्रो जवाबले तिमीलाई नै गिज्याउँदैछ| आग्सुबाट श्री रोशन गिरी, पुरण थामी, सुरज सुब्बाहरू पोस्ट होल्डर फाउन्डरहरू हुन्| झण्डा मेरो सोच हो भनेर मेरो विज्ञप्तिमा भनेको छुइन| हो म ७  अक्टोबर २००७ -को दिन पार्टी लन्च हुँदा पोख्रेबुंगको युवाहरूसँग आएर समर्थन जनाएको हो अनि मलाई अध्यक्ष विमल गुरुङले झण्डा दिएको हो| म पछिबाट आएको हो, तर  इमान्दार भएर आएको हो| गद्दार बन्नुलाई त शुरूमा नै आएर पनि के भो र? यो झण्डा हाम्रो सोच होइन तर विमल गुरुङको भने अवश्य हो| तिमीले भने जस्तो त्यो समय विमल गुरुङलाई हजारौं जनताको समर्थन थियो| तर पार्टी र झण्डा बनाउने सोच र आँट केवल विमल गुरुङसँग थियो| के त्यही आँट र सोच जातिको हीतमा तिमीहरुसँग, विनय-अनितसँग छ? मेरो प्रश्न भनेको त्यति नै हो|

आज तिमीले बोल्दै गरेको भिडियो भविष्यमा तिम्रै नाति-पनातिले हेरेर घृणा नगरोस् भन्ने चाहन्छु|

तिम्रो भिडियो बयान हेर्दा भोलि एमपी चुनावमा तिमीहरूले पनि आफैले घाँटी रेटेर मरणासन्न बनाएको घाइते गोर्खाल्याण्डलाई देखाएर भोट माग्ने रहेछौ| गोर्खाल्याण्ड देखाएर राजनीति गर्नुछ भने पहिला त्यसको घाउको उपचार गर| गोर्खाल्याण्डको शत्रुसँग स्टेज र कुर्सी सेयर गर्नु छोडीदेउ| सत्ताको लालचलाई त्यागेर हामीसंग आयौ भने तिम्रो दश गल्ति माफ गरौंला| हामीले त मित्रताको कारणले गल्ति माफ गर्न सक्छौं तर समयले माफी दिंदैन| आलोक, कन्फ्युज भएको छौं भनेर तिमीले भिडियोमा भनेकै रहेछौ, अहिले नै धेरै लामो सोच है| कन्फ्युज भएर बस्नु राम्रो होइन ल|"

दिपेन माले
उपाध्यक्ष, गोर्खा जनमुक्ति युवा मोर्चा
केन्द्रिय समिति, दार्जीलिंग|

Bhanubhakta birthday marks newfound GTA – Bengal bonhomie

4:52 PM

A year after the confrontation over the Gorkhaland agitation, the Gorkha Janmukti Morcha (BT) and the West Bengal government on Friday buried differences to share the stage in observance of the 204th  birth anniversary of Nepali poet Bhanubhakta Acharya in Darjeeling.

To be precise, there were two separate programmes; one organized by the Darjeeling district administration and the other by the Gorkhaland Territorial Administration. But, representatives of the Gorkha Janmukti Morcha were present in the one organized by the administration and those of the administration in the one organized by GTA.

It was a far cry from July 2017, when, during the height of the statehood movement, West Bengal tourism minister Gautam Deb had gone to Panighatta, in the foothills in Kurseong, to observe Bhanubhakta Jayanti but his convoy was chased back by stone-pelters. As a result Deb had to return to Siliguri and on the way offer garland to the portrait of the Nepali poet on the road-side. The other occasion was in 2013 again during the statehood agitation that Bhanubhakta Jayanti could not observed either by the state government or by the GTA.

On Friday, the district administration organized its own program in Chowrasta, in the upper part of the town, to celebrate the Nepali poet’s birth anniversary. Gautam Deb was present in the company of GTA chairman and GJM president Binoy Tamang. The GTA organized a separate programme at the Gorkha Dukha Niwarak Sammelan hall in down-town marketto mark the occasion. The state minister did not attend the programme as he was in a hurry and had to leave for Siliguri, but Darjeeling district magistrate Joyoshi Das Gupta was present on behalf of the state government.

At Chowrasta, the state tourism minister and GTA chairman together offered garland and khaddas (traditional scarves) to the statue of Bhanubhakta and also sat together on the dais indicating that relation between the state government and the hill party was on right track.

Reflecting on last year’s events and disruption in the hills, Deb said: “It is nice that peace has returned in the hills. We need peace and stability so that there is tranquility and development can take place in the region. We (state government and the GTA) are working together.”

In the GTA programme, Tamang did not allude to the past events but assured that henceforth the Bhanubhakta Jayanti programme would be observed in the hills regularly. “Since, the formation of the GTA in 2012, we have been observing Bhanubhakta Jayanti Diwas. I was in-charge of the information and cultural affairs of the council, then. Sadly we could not organize celebratory programmes in 2013 and 2017. I assure everyone that from now on we will organize the programme every year without a break,” he said.

The Bhanubhakta Puruskar was started in 2014 by the GTA, with the aim to honor contributions of personalities in different fields. The award for this year was conferred to Dhan Hang Subba for Lok Sahitya, to Tanka Sharma for cinema and theater and to D.P. Sharma for journalism. On the other hand San Kumar Majhi was conferred with the Master Mitrasen Thapa award for his contribution towards folk-music.

The GTA chairman also announced new awards: Aruna Lama (music), Shiva Kumar Rai (literature), Ganga Prasad Pradhan (education) and D.B. Pariyar (cinema) to be given in the coming years.

[Via: EOIC]

बिमलको साझा मन्च र गोजमुमोले हराएको सन्तुलन

11:11 AM

🏻बबिता मादेन
सम्मान र समर्थन भन्ने जब्बर्जस्ती जुटाउनु सकिने कुरा होईन, न त सत्ताको हाँकमा शत्रांशको माहौल सृजना गरेरै जनतालाई वंशमा राख्न सकिन्छ । छल र बलको प्रयोगले सत्ता हासिल गर्न सकिन्छ तर जनताको मनमा ठाँउ बनाउन सकिन्न । नेतृत्वमा नैतिकता नरहे पछि आवेशमा उटपट्याङ क्रियाकलाप गर्नु र बोलिमा सन्तुलन हराउनुले उल्टा जनताको सामु हाँसो र निन्दाको पात्र मात्र भइन्छ ।

बिमल होस या बिनय नामले केही फरक गर्दैन, फरक पर्नु पनि हुदैन जनतालाई केवल कामसंग सरोकार हुनु पर्छ ।
व्याक्ती पुजाको संस्कारले पहाडलाई सखाप पारेको हो र जबसम्म यस खाले संस्कारको जरा काटिदैन सत्ताको मनमानीलाई कसैले रोक्नु सक्दैन।

फिलहाल गोजमुमोसंग भएको एउटै मुद्दा विकास मात्र हो र यसको पार्दर्शिता जसरी भए पनि जनता समक्ष पुर्याउने कोशिशमा छ तर जनता चाहन्छ गोजमुमोको ढाँचागत बिकास गोर्खाल्यान्डको बाटो भएर जाउन । गोर्खाल्यान्ड प्रत्येक गोर्खाको आत्मामा बस्छ यस्तोमा यदि आत्मालाई नै शरीरबाट अलग गर्न खोजे त्यो शरीर छटपटिन निश्चित छ ।
विकास कै कुरा गर्दा पनि झोडा, नाला र बाटोदेखि बाहिर निक्लेर कार्य गरे त्यो आफुले बताईरहन पर्दैन मुल्यांकन जनता आफैले गरि हाल्छ।

भर्खरै मात्र मुख्यमन्त्रीले सुकुना, सेभोक लगायत पाँचवटा पुलिस आउट पोस्टलाई दार्जीलिङ जिल्लाबाट छुट्याएर सिलिगुडी पुलिस कमिशनरेटभित्र अन्तर्भुक्त गर्ने निर्देश दिइयो । पहाडका सत्ता दल गोजमुमोले यसबारे के सोचेका छन ? के पार्टीबाट यसलाई रोक्ने पहलहरु गरिन्दैछ त ?? पिन्टेल भिलेजको जमिन अघिबाटै बिवादको घेरोमा छ । दागोपाप कालमा शुरु गरिएको दार्जीलिङ मोड स्थित टुरिष्ट इन्फर्मेसन सेन्टरको जिर्णोद्वार बारे किन पहल गरिएको छैन ? सिलिगुडीको मुटु मानिएको दार्जीलिङ मोडमा गोर्खासंग सम्बन्धित कुनै सम्पती हुनु भनेको गोर्खाको किपट समान हुन ।

अलग राज्य गठनको निम्ति सिमाना अति नै आवश्यकिय तत्व हो जस माथी बंगालले दिन- दिनै अतिक्रमण गरिरहेको छ। खुम्चिएर अझै कति सानो हुनु पर्ने ? यस्ता कुराहरु माथि पार्टीको किन ध्यान जादैन ??

उता बिमल गुरुङले साझा मन्चको कुरा के उठायो यता बिनय समुहमा भुइचालो जाला जस्तो भयो । हडबडाहटमा नेताहरुले दिएको उटपट्याङ भाषणहरुले पनि पार्टीभित्रको असुरक्षितपनालाई छर्लङ्ग पारिदियो । कुनै बेला बिमल गुरुङ साझा मन्चका कट्टर विरोधी थिए सत्ताको मात नै यस्तो हुन्छ कि यसले लट्टिएपछि नेताहरुको मनस्थिति काबुमा हुदैन । विपक्षीहरुको प्रस्तावलाई तिनले सिधा खारेज गरिदिन्थे । उनले चाहेको भए पहाडमा गतिलो साझा मन्च तयार हुन सक्थ्यो ।

छुट्टाछुट्टै बसेर अझै दुई शातब्दीसम्म चिच्याई रहे पनि गोर्खाल्यान्ड सम्भव हुने होइन । लक्ष्य फत्ते गर्नु हो भने सामुहिक सहभागिता नितान्त जरुरी छ । साझा मन्चमा उभिएर बिचार साझा गर्दै साझा सिद्धान्तलाई अंगाले बंगालको कालो शासनदेखि मुक्त हुन ज्यादा समय लाग्दैन ।
तर सामुहिकताका त कुरै छोडी आज पहाडको राजनीति जुन थोत्रे बिषयहरु माथी केन्द्रित हुँदै गईरहेको छ यसले स्वास्थ राजनैतिक गरिमा माथी त आधात पारी नै रहेको तर सामाजिक परिवेशलाई पनि बिथोल्ने कार्य हुदैछ ।

आफ्नो छवि सफा राख्न अन्य माथी व्याक्तिगत हमला र एकार्कामा हिलो छेपाईले पथभ्रष्टको दिशामा अग्रसर गराउँदछ । यदि बिमल दागी हुन भने यसको राजदार बिनय तामाङ हुन ।

कुरा स्पष्ट छ न यहाँ कसैको विरोध, न त समर्थन छ । विकास जरुरी छ किन कि हामीले आफ्नो आर्थिक व्यवस्थाको घरेडी पनि मजबुत बनाउनु पर्छ तर गोर्खाल्यान्डसंग सम्झौता गरेर होइन र जबसम्म नेतृत्वले विकाससंगै अलग राज्यको मुद्दालाई समेटेर लादैन जनताको आक्रोशका सामना गर्नु पर्ने नै हुन्छ ।

Morcha to organise public meetings from July 8

7:53 PM

Darjeeling: The Gorkha Janmukti Morcha has lined up a series of public meetings in the hills from July 8, the decision coming in the wake of its arch rival GNLF discarding the state government-formed Hill Area Development Committee (HADC).

Mann Ghisingh, the president of the GNLF, had recently resigned from the post of the chairman of HADC and many had linked the move to an attempt by his party to reposition itself as a party working for the hill community.

Against this backdrop, the Morcha has announced a series of public meetings.

"We will hold a public meeting in Kurseong on July 8, followed by another meeting in Kalimpong the next day. A meeting will also be organised at Bijanbari (about 30km from Darjeeling) on July 11," said Suraj Sharma, the spokesman for the Morcha.

Asked about the reason to conduct the public meetings, Sharma said: "A political party has to organise public meetings and interact with the public. We want to tell the hill people about the development works the GTA has undertaken after we started administering the body," said Sharma.

Observers, however, believe that the Morcha has a two-fold strategy behind organising the public meeting. "Primarily, the Morcha wants to show that it is the largest political force in the hills and send a message that it definitely enjoys more support than the GNLF at the moment," said anobserver.

"At a secondary level, the party also wants to highlight the works that have been undertaken in the hills since taking control of the GTA in November last year," the observer added.

The Morcha meeting, which is being held after almost six months, is also a clear indication that it wants to leave no stone unturned to give any space to the GNLF.

Ghisingh's party has indicated that it plans to start afresh with the demand for Sixth Schedule and has also dissolved its central committee, branch committees of Darjeeling, Kurseong, Kalimpong, Mirik and all its frontal organisations, except those of the tea trade union and ex-serviceman association.

"The meeting is definitely to increase its activity and ensure that they do not give any space to the GNLF," added a hill resident.

The Telegraph

विमल गुरूङको घर बन्यो गोजमुमोको पार्टी अफिस

6:47 PM

प्रतिविम्ब न्यूज
दार्जीलिङ, 11 अप्रेल।

भूमिगत नेता विमल गुरूङको घरमै गोर्खा जनमुक्ति मोर्चा तकभर समष्टि कमिटीले घरलाई नै कब्जा गरेर पार्टी कार्यालय बनाइयो। गोजमुमोका संस्थापक सदस्य दिनेश थिङको अगुवाईमा नै आजदेखि विमल गुरूङको घरमा गोजमुमो तकभर समष्टिको कार्यालय बनाइएको पार्टीको दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङले पनि स्वीकार गरेका छन्।यद्धपि उक्त विषयमा धेरथोर जानकारी प्रदान गर्न उनले अस्वीकार गरेका छन्।

पार्टी सूत्रले बताएअनुासर, जिल्ला प्रशासनले गोजमुमोको पातलेबासस्थित पार्टी कार्यालय र सिंहमारीको पार्टी कार्यालयमा मात्रै तालाबन्दी गरेको छ। तर अहिलेसम्म पातलेबासस्थित विमल गुरुङको घरमा प्रशासनले तालाबन्दी गरेको छैन। तर विमल गुरूङको यस घरको मूल द्वारमा कतिपय उपद्रवीहरूले घरिघरि बाख्रा वा खसीको टाउको झुण्डाउने कार्य गरिरहेका छन्। यसप्रकारका कार्यहरूबाट गाउँमा पनि अशान्ति भइरहेको छ। यसैकारण आजदेखि गोजमुमो तकभर समष्टि कमिटीले विमल गुरूङको यस घरको एक तलालाई पार्टी कार्यालयको रूप दिएको छ भने अर्को एक तलामा सिङ्ला निवासी प्रणिल सुब्बा बसिरहेका छन्। जसको घर गत केही महीनाअघि जलेको थियो।

पार्टीले भनेअनुसार, विमल गुरूङको यो तीन तले घरको एक तलालाई कञ्चनजंघा नृत्य एकाडेमीलाई चलाउन दिइने पनि योजना बनाइएको छ। किनभने, कञ्चनजंघा नृत्य एकाडेमीका बाल -बालिकाहरूलाई पातलेबासको पार्टी कार्यालयको माथिल्लो तलामा नृत्यको प्रशिक्षण दिने गरिन्थ्यो। तर यो पार्टी कार्यालय पूर्णरूपले बन्द रहेपछि कञ्चनजंघा नृत्य एकाडेमीका बाल-बालिकाहरूले नृत्यको प्रशिक्षण लिन पाएका छैनन्।

स्मरण गराइन्छ, गोजमुमोका संस्थापक अध्यक्ष विमल गुरूङले दागोपापकालमानै आफ्नो अलगै नृत्य एकाडेमीको स्थापना गरेका थिए। जसले बाल-बालिकाहरूलाई निःशुल्करूपमा नृत्यको प्रशिक्षणका साथै भेषभूषाहरू पनि दिने गरेको थियो। तर गोर्खाल्यान्ड आन्दोलनको कारण पातलेबासस्थित गोजमुमोको पार्टी कार्यालय पूर्णरूपले बन्द भएपछि यी बाल-बालिकाहरूले नृत्यको प्रशिक्षण पनि लिन पाएका छैनन्। यसैकारण विमल गुरूङको घरको एक तला यी बाल-बालिकाहरूका लागि नृत्य प्रशिक्षण गर्नको लागि प्रदान गर्ने योजना बनाएको पनि पार्टीले बताएको छ। पार्टीले विगत निकै समयदेखि रिक्त रहेको विमल गुरूङको यस घरलाई सामाजिक कार्यहरूको लागिनै प्रयोगमा ल्याइने योजना बनाएको पनि बताएको छ।

विमल गुरूङले कञ्चनजंघा नृत्य एकाडेमी मात्रै होइन, विपन्न परिवारका विद्यार्थीहरूलाई निःशुल्क शिक्षादान दिने उद्देश्यले मालिधुरामा कञ्चनजंघा पब्लिक स्कूलको पनि स्थापना गरेका थिए, तर गोर्खाल्यान्ड आन्दोलनकै क्रममा यस स्कूलमा पनि दार्जीलिङ जिल्ला प्रशासनले तालाबन्दी गरेको थियो। यो स्कूल चियाबगानको जमीनमा अवैधरूपले स्थापना गरिएको विरोधमानै जिल्ला प्रशासनले यो स्कूल बन्द गरेको थियो। तरै पनि पछिबाट विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखेर जिल्ला प्रशासनले यस स्कूललाई सञ्चालन गर्न दिने अनुमति दिएको थियो र हाल यो स्कूल चलिरहेको छ।

फोटोः पार्टी कार्यालयमा परिणत भएको विमल गुरूङको घर।

भाजपाले ममतासँग साटो फेर्न मात्र विमल गुरुङलाई प्रयोग ग-यो। – विनिता रोका

11:59 AM

28th March 2018

दार्जीलिङ, २७ मार्च। मोर्चा नेत्री विनीता रोकाले विनय तामाङ र अनीत थापालाई समर्थन जनाएको छन्। गत वर्षको गोर्खाल्याण्ड आन्दोलनको बेला रोका गोर्खा जनमुक्ति नारी मोर्चा, दार्जीलिङ महकुमा समिति अध्यक्ष साथै प्रवक्ताको पदमा थिइन्। तिनी निकै दिनदेखि घरबाहिर थिइन् भने मंगलवार अचानक दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले विनय र अनीत गूटलाई समर्थन जनाइन्।

गत आन्दोलनको बेला पहाड़लाई भयानक अवस्थाबाट निकाल्न र जनतालाई बचाउन विनय तामाङ र अनीत थापाले उठाएको कदम प्रशंसानीय रहेको रोकाले बताइन्। १०४ दिनको पहाड़ बन्द र आन्दोलनलाई पहाड़को जनताले साथ दिएको हो भन्दै तर भूल नेतृत्वको कारण पहाड़को अवस्था भयानक भएर गएको हो भन्दै तिनले भावुक हुँदै पहाड़को जनता अनि शहीद परिवारसँग क्षमा मागिन्।

१०४ दिनको पहाड़ बन्द र आन्दोलनको कार्ययोजनाहरू केही नभएको बताउँदै रोकाले नेताको मोहम्मद बिन तुघलकको जस्तो कामले गर्दा पहाड़को जनताले दुःख पाएको अनि १३ जना शहीद भएको जनाइन्। भारतीय जनता पार्टीले बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग साटो फेर्न विमल गुरुङलाई प्रयोग गरेको अनि दार्जीलिङ पर्वतीय क्षेत्रको भयानक स्थितिप्रति केन्द्रको भाजपा सरकारले वास्ता नगरेको रोकाले आरोप लगाइन्।

बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाल्याण्डको मागलाई गणतान्त्रिक माग रहेको बताउँदै यो केन्द्र सरकारको अधीनस्थ विषय रहेको बताइसकेकी छन् तर केन्द्रमा भाजपाको पूर्ण बहुमतको सरकार हुँदाहुँदै पनि भारतीय गोर्खाहरूबारे यसले एक शब्द पनि नबोलेको रोकाले आरोप लगाउँदै अब आउने चुनाउहरूमा गोर्खाहरूलाई भाजपालाई भोट नदिने अपील गरिन्। ममता ब्यानर्जीले जीटीए सभा दिएको तर चलाउने मान्छेले चलाउन नजानेको तिनले भनिन्।

भारतीय जनता पार्टीले भारतीय गोर्खाहरूलाई सपना देखाएर त्यसलाई विपनामा परिणत गर्ने कार्य कहिले नगरेको र केन्द्रको भाजपा सरकारले पहाड़को जनतालाई लथालिङ् बनाएको र पहाड़को जनतालाई मान्छे गन्ती नगरेको रोकाले आरोप लगाइन् ।

आन्दोलनकालमा पुलिस-प्रशासनले शान्ति व्यवस्था बनाउन कदम उठाएको तर गणतान्त्रिक आन्दोलनप्रति कार्वाही नगरेको तिनले दावी गरिन्। विनय तामाङ र अनीत थापाले पहाड़ो जनतालाई सुरक्षा प्रदान गरेको, यदि तिनीहरूले यसो नगरेको भए पहाड़को अवस्था अर्कै भएर जाने तथा लाखौं मानिसहरू घर-परिवार अनि गाउँ छेडे जानुपर्ने अवस्था आउने थिया, तिनले भनिन्। आफ्ना कतिपय साथीभाइहरू स्वाभिमानको कारण घर फर्की आउन नसकेको बताउँदै विनीता रोकाले तर तिनीहरूलाई आफ्नो परिवार सम्झेर घर फर्किने आह्वान गरिन्।

स्रोत :  हाम्रो प्रजाशक्ति

बारूद थापा बने गोजयुमोका केन्द्रिय उपाध्यक्ष विमलको अदूर्दशिताको कारण जनताले दुःख पाए- बारूद

7:20 PM

प्रतिविम्ब न्यूज
दार्जीलिङ 28 मार्च।

गत 104 दिनको आन्दोलनकालभरि भूमिगत रहेका बागी नेता बारूद थापा पनि आधिकारीकरूपमा अब विनय तामाङ खेमामा सामेल भए। विमल खेमामा रहेर आन्दोलनकालभरि भूमिगत अवस्थामा रहेका बारूद थापाले केही महीनाअघिमात्रै सार्वजनिक हुँदै विनय तामाङलाई समर्थन जनाएका थिए। विमल गुरूङको समयमा कालेबुङका प्रभावशाली नेताको रूपमा ख्याति कमाएका थापालाई हालमा त्यति सक्रिय नदेखिएतापनि आज उनलाई पुनः गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिको उपाध्यक्षको रूपमा नियुक्त गरिएको छ। गोजयुमो केन्द्रिय समितिका पदाधिकारीहरूले आज गोजमुमो अध्यक्ष विनय तामाङसित एक औपचारिक सभा बसेका थिए भने सोही सभापछि बारूद थापालाई युवा मोर्चा केन्द्रिय समितिको उपाध्यक्षको रूपमा नियुक्त गरिएको हो।

गोजयुमो केन्द्रिय उपाध्यक्ष नियुक्त हुनसाथ उनले आज पत्रकारहरूसमक्ष विमल गुरूङको रणनीतिविहीन आन्दोलन अनि अदूर्दशिताको कारण पहाड़को जनताले हुनसम्मको दुःख पाएको बताए। विमल गुरूङको रणनीतिबिनाको आन्दोलन अनि अदूर्दर्शिताको कारण पहाड़को जनताले हुनसम्मको दुःख पाए। त्यस्तो परिस्थितिबाट विनय तामाङ अनि अनित थापाले पहाड़लाई बाहिर निकाल्ने काम गरेको छ। उनीहरू दुईको कारणले गर्दा नै पहाड़ अहिले शान्त भएका छन्। पहाड़वासीले राहतको सास फेरिरहेका छन्। यसको निम्ति म सम्पूर्ण पहाड़वासीको पक्षमा विनय तामाङ अनि अनित थापालाई धन्यबाद पनि दिन्छु, पत्रकारहरूलाई सम्बोधन गर्दै बारूद थापाले आज यसो भने।

विनय तामाङ अनि अनित थापाले पहाड़लाई बचाउने जुन सराहनीय काम गरेको छ त्यसलाई हेरेर पनि पहाड़को जनताले उनीहरूलाई समर्थन गर्नुपर्छ, थापाले यसो पनि भने।

उल्लेख्य, हिजोमात्र आन्दोलनकालमा निक्कै सक्रिय देखिएका तथा लामो समयसम्म भूमिगत रहेका गोजमुमो नेत्री विनिता रोकाले पनि विमल गुरूङमाथि यस्तै आरोप लगाउँदै विमल गुरूङलाई मोहम्मद बिन तुघलगको संज्ञा समेत दिएका थिए भने आज लगत्तै बारूद थापाले पनि यस्तै आरोप लगाएका छन्।

बारूद थापालाई केन्द्रिय उपाध्यक्षको रूपमा पाउँदा आफूहरूलाई धेरै खुशी लागेको उल्लेख गर्दै युवा मोर्चा शीर्ष नेतृत्त्वहरू क्रमैले केन्द्रिय अध्यक्ष अमृत योञ्जन, महासचिव तिलक छेत्री अनि केन्द्रिय प्रवक्ता अरूण छेत्रीले पनि उनलाई पार्टीमा स्वागत गरेका छन्। बारूद थापासित आज यी तीनैजना नेतृत्त्वहरू पनि पत्रकारहरूसमक्ष उपस्थित रहेका थिए।

फोटोः पत्रकारहरूलाई सम्बोधन गर्दै बारूद थापालगायत अन्य शीर्ष युमो नेताहरू।

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions