विमल गुरुङ - गोर्खे जाति यसघड़ीमा आफ्नो जातिको अस्तित्व, आकांक्षा र अस्मिताको प्रश्‍नमा अड़िएका छौं

भारतवर्ष अहिले 16औं लोकसभा चुनाउको संघारमा उभिएको छ । देशभभरिका विभिन्न राजनैतिक दलहरू आ-आफ्ना मुद्दा लिएर अघि आएका छन् भने हामी गोर्खे जाति यसघड़ीमा आफ्नो जातिको अस्तित्व, आकांक्षा र अस्मिताको प्रश्‍नमा अड़िएका छौं । यसपालिको लोकसभा चुनाउ हाम्रो निम्ति केवल एउटा चुनाउमात्रै नभएर समग्ररूपमा एउटा जातिको सिंगो चिनारीको प्रश्‍न लिएर पनि अघि आएको छ ।

यसपालिको लोकसभा चुनाउ हामी समग्र गोर्खे सन्तानहरूको निम्ति एउटा निर्णायक लड़ाई हो कारण 16औं लोकसभा चुनाउमा केन्द्र सरकारमा परिवर्त्तनको लहर चलेको छ । भारतीय जनता पार्टीको नेतृत्वमा राष्ट्रिय जन-गणतान्त्रिक गठवन्धनको पक्षमा बहुमत स्पष्ट हुँदै गएको छ । यस निर्णायक लड़ाईमा पहाड़, तराई, डुवर्सका मानिसहरूले सबै-थोक बिर्सी हाम्रो प्रमुख मुद्दा छुट्टै राज्य गोर्खाल्याण्डको निर्माण हेतु संगठित भई मत प्रदान गर्नपर्छ जसको कारण राष्ट्रिय तहमा गोर्खाल्याण्ड राज्य गठनको औचित्य अनि प्रासध्किता कायम रहोस् ।
विमल गुरुङ - गोर्खे जाति यसघड़ीमा आफ्नो जातिको अस्तित्व, आकांक्षा र अस्मिताको प्रश्‍नमा अड़िएका छौं
विमल गुरुङ - गोर्खे जाति यसघड़ीमा आफ्नो जातिको अस्तित्व, आकांक्षा'
 र अस्मिताको प्रश्‍नमा अड़िएका छौं

राष्ट्रिय राजनीतिको प्रसध्मा हेर्दा हालैमा आन्ध्रप्रदेश राज्य विभाजन गरी तेलेङ्गना राज्य गठन भयो । तेलेङ्गना राज्य गठनको निम्ति आन्ध्रप्रदेश राज्यको शासक दलको कड़ा विरोध हुँदाहुँदै पनि लोकसभा अनि राज्य सभाबाट नयाँ राज्य गठनको बील पारित भयो । यस घट्नाले के पुष्टि गर्छ भने एउटा राज्य विभाजन गरी छुट्टै राज्य गठन गरिँदा राज्यको शासक दलको सहमति अथवा असहमतिको कुनै महत्व रहँदैन । गोर्खा जनमुक्ति मोर्चा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाबाट पछि हटेको छैन । आगामी लोकसभा चुनाउ पनि हाम्रो निम्ति गोर्खाल्याण्ड आन्दोलनको एउटा हिस्सा हो किनकि, छुट्टै राज्य गठनको मुद्दा त्यही लोकसभामा पुगेरमात्रै पार लाग्छ । यस लोकसभा चुनाउ हाम्रो निम्ति छुट्टै राज्य प्राप्तिको पक्षमा जनमत आकँलन पनि हो र यसलाई पनि हामीले आन्दोलनको एउटा हिस्सा मानिलिनुपर्छ । यस निर्णायक लड़ाई गोर्खा जनमुक्ति मोर्चा समर्थित भारतीय जनता पार्टी उम्मेद्वारको जीत र हारको लड़ाई होइन तर हाम्रो मुद्दाको हार-जीतको प्रश्‍न हो । यस लड़ाईमा हामी हार्यौं भने हाम्रो छुट्टै राज्यको मागको औचित्य अनि प्रासङ्गिकता हराएर जानेछ अनि हाम्रो समग्र जातिको सयवर्षभभन्दा पुरानो माग स्वत: शेष भएर जानेछ । गोर्खा जनमुक्ति मोर्चा आफ्नो मुद्दाप्रति इमान्दार छ, त्यसैले नै भारतमा स-साना राज्यहरू गठन गर्ने पक्षधर भाजपाका उम्मेद्वारलाई समर्थन गरी राष्ट्रीय तहमा आफ्नो मुद्दालाई पुर्याउने हामीले जमर्को कसेका हौं।

गोर्खा जनमुक्ति मोर्चा आफ्नो मुद्दाप्रति इमान्दार नभएको भए यस लोकसभा चुनाउमा पहिलाका नेताहरू झैं बाइपास र बायकटको नीति अप्नाएर राज्य सरकारको प्यारो भएर बस्न सक्थ्यो । तर हामी राज्य सरकारको प्यारो भएर बस्नको साटो हाम्रै आफ्नो प्यारो जाति र माटोको निम्ति भाजपा उम्मेद्वारलाई नै यस चुनाउमा बहुमतले जिताएर गोर्खाल्याण्डको मुद्दालाई लोकसभा अनि राज्य सभामा पुर्याई हाम्रो सपना साकार पार्ने कोशिष गरिरहेका छौं । वर्तमान राज्य सरकारले राजनैतिक षड़यन्त्र अप्नाएर, साम, दाम, दण्ड, भेद सबै नीति अप्नाएर हामीलाई कज्याउने कार्यमा प्रयासरत् छ । यसैले गोर्खाल्याण्डका पक्षधरहरूलाई प्रशासनलाई दुरूपयोग गरी जेलमा सड़्याउने कार्य जनताको आँखाबाट लुकेको छैन । राज्य सरकारको भयानक षड़्यन्त्रबीच पनि गोर्खा जनमुक्ति मोर्चाले गोर्खा जातिको सामग्रिक हित र विषय सोचेर भाजपा उम्मेद्वारलाई समर्थन गरेको छ । यस लोकसभा चुनाउमा गोर्खा जनमुक्ति मोर्चाको एउटै मात्र मुद्दा छ- गोर्खाल्याण्ड । हामीले गोर्खाल्याण्डको निम्ति संघर्ष गर्यौं, विगत, वर्तमान दुवै सरकारको हामीप्रतिको निर्मम आचरण देख्यौं, राज्यको प्रायोजित आतकंको सामना पनि गर्यौं । अब हामीमाथि चलाइएको बुलेटको जवाब इ.भी.एम. मा दिने समय आएको छ । हाम्रा शहीदहरूले बगाएको एक-एक थोपा खूनको हिसाब चुक्ता गर्ने समय आएको छ । त्यसैले सामग्रिक रूपमा भन्नपर्दा एउटा समग्र जातिको भावना राखेर, स-साना विचार, स-साना मुद्दाहरूलाई केही क्षण पन्साएर गोर्खाको मुटुबाट विचार गरौं । तपाई हाम्रो एक-एक वटा मत गोर्खाल्याण्डको पक्षमा खसाल्ने? गोर्खाल्याण्ड विरोधीहरूको पक्षमा खसाल्ने? अथवा गोर्खाल्याण्डको पक्षको मत विभाजित गरी मुद्दालाई सधैंको निम्ति विसर्जन गर्नेहरूको पक्षमा खसाल्ने ?
यसपालिको तपाईको मत बहुमूल्य छ
विचार तपाईको।
गोर्खाल्याण्डको पक्षमा दिने, विपक्षमा दिने
अथवा खेरो फ्याँक्ने?

Source: Bimal Gurung FB fanpage

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions