गोर्खाल्याण्ड माग्नेले किन विधानसभा चुनाउ लड्नु?

कालेबुङ, 1 फरवरी। विधानसभा चुनाउको निम्ति तराई-डुवर्सबाट दर्जनौ उम्मेद्वाहरु उठाउने गोर्खा जनमुक्ति मोर्चाको घोषणा छापामा आउनसाथ जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले मोर्चा प्रमुख गुरूङलाई प्रश्न तेर्साएका छन्। राज्यसँग सम्बन्ध नरहेको र गोर्खाल्याण्डको माग केवल केन्द्रको हातमा मात्र रहेको दावी गर्ने मोर्चाले किन विधानसभा चुनाउ ताक्दैछ भन्ने जाप अध्यक्ष डा. छेत्रीको प्रथम प्रश्न छ। राज्य सरकारसँग कुनै प्रकारको सम्बन्ध नरहेको बताउँने दलको निम्ति विधानसभा अर्थहिन हुने बताउँदै उनले भने - जीटीएको कार्यक्रममा सरकारले हस्तक्षेप गरेको भन्दै 18 दिसम्बर 2015 मा मोर्चले विधायकहरुलाई राजीनामा दिने निर्देश दियो।

खर्साङका विधायक डा. रोहित शर्माले पार्टीको निर्देश पालन गरे। तर, दार्जीलिङका विधायक एव आन्द्रप्रदेशका भूतपूर्व मुख्य सचिव त्रिलोक देवानले विधायक पदबाट मात्र नभएर दलबाटै राजीनामा दिए। अनि प्रेस विज्ञाप्तीमा दल नेतृत्वको एकतन्त्रिक व्यवहार बताए। मैले भने दलबाट राजीनामा दिए तर, विधायक पद त्यागिन। राज्य सरकारसँग सोझै टक्करमा जाने मोर्चालाई विधायक पद बाँदरको पुच्छर हो। यो न काममा लाग्छ न हतियार नै हुनसक्छ।   पार्टी नेतृत्वहरुको व्यक्तिगत स्वर्थको मात्र मोर्चाले केवल विधानसभा पदको प्रयोग गर्ने गरेको आरोप लगाउँदै जाप अध्यक्ष डा. छेत्रीले नयाँ दल देखेर मोर्चा नेतृत्वहरुमा भयको माहौल छाएको बताएका छन्। उनले भने - कालेबुङ जिल्ला घोषणा भएपछि अनि जिल्ला माग समिति जन आन्दोलन पार्टीमा परिणत भएपछि मोर्चाले आफ्नो रणनीतिमा परिवर्तन ल्याएको छ। आज प्रसारित प्रेस विज्ञाप्तीमा मोर्चा अध्यक्ष गुरूङले दार्जीलिङ, तराई-डुवर्सबाट 16, 17 जना उम्मेद्वार उठाउने अनि त्यसमा विभिन्न धर्म र सम्प्रदयहरुलाई उम्मेद्वार बनाउने घोषणा गरे। चुनाउ अवधि मात्र मोर्चालाई तराई-डुवर्सको सम्झाना आउने बताउँदै उनले डुवर्सवासीलाई मोर्चाको राजनीतिक चलखेलदेखि सचेत हुनुपर्ने उनले आह्वान पनि गरेका छन। उनेल भने -  तराई-डुवर्सका भू-भागहरु जीटीएमा गाभ्न नसक्ने मोर्चाले किन डुवर्सलाई केवल भोट ब्यङ्को रुपमा मात्र प्रयोग गरिरहेको छ। मोर्चाको यस प्रकारको नीतिदेखि डुवर्सवासी सचेत हुन जरुरी छ। यता, चुनाउलाई लिएर मोर्चा नेतृत्वहरुले  दिइरहेको बयानले पनि पार्टीको दलीय सिद्धान्त उदाङ्गो भइसकेको बताउँदै अध्यक्ष डा. छेत्रीले भने -गुरूङको निर्णयले मोर्चाको राजनीतिक चरित्र पनि उदाङ्गो भएको छ। केही दिन अघि मात्र मोर्चा प्रमुख गुरूङले विधानसभा चुवाउमा वामफ्रन्ट र कंग्रेससँग मिलेर चुनाउ लड्नसक्ने सम्भावमा व्यक्त गरेका थिए। 27 जुलाई 1986 मा गोर्खाल्याण्ड आन्दोलनकारीहरुलाई त्यही वामफ्रन्ट सरकारले अन्धा-दुन्धा गोली हानेर 14 जनाको हत्य गरेको थियो। गोर्खाल्याण्ड आफ्नो दलको एक मात्र लक्ष्य भन्ने दलले कसरी गोर्खल्याण्ड माग्ने दलमाथी गोली बर्साउने पार्टीसँग चुनाउमा हात मिलाउन सक्छ?

गोर्खाल्याण्ड आन्दोलनलाई दवाउन चहाने राज्यको वामफ्रन्टसँग मिलेर चुनाउ लड्ने पार्टी प्रमुख गुरूङको निर्णयले पार्टीको सिद्धान्तमाथि ठूलो प्रश्न खड़ा गरेको डा. छेत्रीको भनाइ छ। उनले भने - गोर्खाल्याण्ड आन्दोलन अवधि भूतपूर्व सैनिकहरुमाथि त्यही वामफ्रन्ट सरकरले लाठ्ठीचार्ज गरेर रगतपच्छे बनाएको थियो सिलगढीको जुलूसमा। फेरि त्यहीँ दलसँग मिलेर चुनाउ लड्नु भनेको, यसबाट मोर्चाको राजनीतिमा कुनै प्रकारको नीति छैन भन्ने कुरा स्पष्ट हुन्छ।
गोर्खाल्याण्ड माग्नेले किन विधानसभा चुनाउ लड्नु?

 विधानसभामा पठाएका विधायकहरुलाई दलले राजीनामाको आदेश दिन्छ भने त्यस दललाई चुनाउमा भाग लिने कुनै औचित्य नरहने बताउँदै उनले मोर्चाको यस प्रकारको नीतिबाट आम जनतालाई कुनै प्रकारको फाइदा नपुग्ने बताएका छन्। उनले भने - यो सम्पूर्ण मोर्चाको एकल नेतृत्वको चरम अहमपूर्ण धारणा हो जसबाट जनताले केही प्राप्त गर्ने होइन।  एक व्यक्तिले कसरी आफ्नो रिस फेर्ने, व्यक्तिगत एडेन्डामा  जनतालाई प्रयोग गरिरहेको छ भन्ने कुरा प्रष्ट हुनछ।

तराई-डुवर्सको मुद्दालाई सरकारसम्म पुऱ्याउनुकोसाटो मोर्चा प्रमुख गुरूङले डुवर्सवासीलाई अझ अपठ्यारो परिस्थितिमा पारेको उनको भनाइ छ। उनले भने - यस्तो व्यक्तकेन्द्रीत र आफ्नो घमण्डलाई जनताको स्वर्थ भन्दामाथि राख्ने नेताको चरित्रसँग जनता होसियार नरहेको खण्डमा भविश्यमा पशचताप बाहेक अरु कुनै उपलब्दी जनताको हात लाग्नेछैन।

(हिमालय दर्पण)

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions