गोर्खा फाउनडेशनले केन्द्रिय जनजाती एंव अदिबाशी मन्त्री जोयल ओरमलाई चडाए बिन्ती पत्र

अस्ती शनिबार दिनाँक ९ तारिकको दिन गोर्खा फाउनडेशनका प्रतिनिधिहरुले मानननिय केन्द्रिय जनजाती मन्त्री श्रीमान जोयल उराँव सित वहाँको बासस्थानमा भेट गरेर गोर्खाहरुको बिभिन्न माँगहरुले लिएर एउटा ज्ञापन सुम्पे। यस् ज्ञापन पत्र बिशेष गरेर ४ सुत्रिय माँग गरिएको थियो। प्रथम, गोर्खाहरुको एउटा सपना गोर्खाल्यान्डको निम्ती यहाँको समर्थन ग्रुप अफ मिनिस्टरको सभामा समर्थन गर्दै जोड तोडले कुरा उठाइ दिनु, वहाँले भन्नु भयो म यस्मा पुरा समर्थन गर्दै कुरा उठाउने छु। दोस्रो माँगमा, भारतिय गोर्खाहरुले गरीरहेको लम्बित माँग गोर्खाहरुको समुदायको ११ जातीलाई जनजातीको माँग चाँडो भन्दा चाँडो मान्यता दिया जावोस। स्मरण रहोस् यस् माँग सित बिभिन्न संगठनहरुले गरेको आर टि आइको कपी एँव सिक्किम सरकारको माँगमा केन्द्रिय सरकारको जवाबको कपी पनि मन्त्री महोदयलाई सुम्पे को थियो, अनी यसै सन्दर्भमा ११ जातीको मुद्दा मन्त्री महोदयसित ब्रितान्तरुपमा चर्चा गरिएको थियो अनी आँउदो सन्सदको सत्रमा यो पारीत होस् भनी गोर्खा फाउनडेशनको प्रतिनिधिहरुले अनुरोध गरे साथै वहाँले भन्नु भयो यो माँग चाडैनै पुरा गरिने छ। तेस्रो माँगमा केन्द्रिय जनजाती मन्त्रालयको बन बन्धु कल्यान योजना अन्तर्गत गोर्खा बाहुल्य क्षेत्र एँव जनजाती बहुल्य क्षेत्रमा घरहरुको निर्माण चाडैनै पुरा गरियोस।

अनी चौथो माँगमा एकलब्य मोडेल रेसीडेन्टल स्कुल योजना अन्तर्गत गोर्खा बाहुल्य क्षेत्र एँव जनजाती बहुल्य क्षेत्रमा स्कुलहरुको निर्माण चाडैनै पुरा गरियोस, यसमा यो माँग चाडैनै पुरा गरिने छ भनेर वहाँले भन्नु भयो। अन्तमा मन्त्री महोदयलाई जनजाती मन्त्रालयको सबै सुनीयोजित कार्य एव कार्यक्रम सठिक रुपमा लागु भएको छ कि छैन साथै कार्य पुरा भएको छ कि छैन भनेर यस्को जाँचको देखरेख गर्नको निम्ती समाज र मन्त्रलाय बाट सयुक्त समितीको गठन हुनु पर्छ भन्दा वहाँले, यस् माथि तुरन्त पहल गर्ने आसवासन दिनु भयो। आजको यस् सभा अतीनै सकारात्मक थियो। आजको प्रतिनिधि टोलीमा श्रीमती किरण सेवा, अरुण दास, बिनोद घले, निरज रावत, रुस्तम छेत्री, डि० के० प्रधान, लोप्सँग लामा, एन्ड्रु गुरुङ, सघन मोक्तान आदी उपस्थित थिए।
सघन मोक्तान
अध्य्क्ष
गोर्खा फाउनडेशन
नयाँ दिल्ली




Via  Gorkha Foundation


Share this:

1 comment :

  1. lOOKS GOOD TO ME..... AND SEEMS LIKE A STEPPING STONE TO GET GORKHALAND.... BCOZ ONCE THESE 11 COMMUNITIES GET ST STATUS THE WHOLE REGION BECOMES SHEDULE TRIBAL REGION... THUS BECOMING ELIGIBLE FOR SIXT SHEDULE AND HENCE GORKHALAND

    ReplyDelete

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions