पत्ति देखि चिया सम्म

कलिला हरिया मुनाहरुलाई
पत्ति देखि चिया सम्म
पत्ति देखि चिया सम्म
औँलाले चुड़ाँएर
टोक्री भरि भर्छन आशा
मेरी आमाहरु।
ती... आशाका मुनाहरुलाई
नापतौल गरेर
हिसाब किताब राख्न अघि आऊँछन
मेरा ठेकेदार काका-बड़ाहरु।
आफ्नो आमाहरुले मेहेनतको पसिना चुहाउँदै
कोषिशका दस नङ्ग्रा खियाउँदै
संग्रह गरेका आशारुपि पत्तिहरुलाई
तयार हुन्छन मेरा दाज्युहरु
कारखानामा सुरक्षीत पुर्याउन।
जहाँ खड़ा हुन्छन जानकार जीवन
ती आशाका मुनाहरुलाई
खण्ड- खण्डमा बिभाजित गनं
म्यानेजर साहब भएर।
घानीमा पिसिएर
मेरी आमाहरुका
मेहेनत र पसिना भरिएका
आशाका कलिला मुनाहरु
अन्त्यमा मालिकवर्गको
कपमा भरिन्छ
नाफाका चियाको चुस्कि बन्नलाई.....

Source : Sameer Sewa

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions