अो! दार्जिलिङ

अो! दार्जिलिङ तिमीलाई फेरि
अो! दार्जिलिङ
अो! दार्जिलिङ 
एउटा संङ्कट आइपर्दैछ'रे,
तल मधेसबाट साँप नचाउने,
जादु देखाउनेहरु पहाड आउदैछन्'रे।
कति लुट्ने हुन यो पहाडमा मधेसीले
कहिले दुईचारवटा साँप ल्याउछन्,
नचाउछन् अनि अौठी बुट्टि बेच्छन्
अनि भन्छन् शनि, राहु, केतु छन्'रे
वरिपरि दुश्मनै दुश्मन पनि।
दिन्छन् रंगी बिरंगी बुट्टि अनि
थरीथरीका अौठीं।
कहिले कालो कपडाले ढाकेर
जीउँदै मान्छेको फोक्सो मुटु देखाउछन्
जादूको छडी लिएर रकम लुट्छन।
हिजोआज पहाडे दलालहरु
मधेसी ज्ञान लिन कलकत्तातिर धाउदैछन्'रे।
टुनामुना सिकी अब कति कुर्लने हुन,
तन्त्रमन्त्रले सबैलाई कति मुग्ध पार्ने हुन।
दुईचार दिन पहाडको बुद्धिमा मन्त्र छर्छन
गिदी र जिब्रो बटुल्छन पहाडबाट दलालहरु
अनि बेच्छन् तिनै कलकत्तालाई।
होसियार!
तिम्रा जादूसर्कस, टुनामुना अब
धेरै देखियो चाहिन्दैन- भनिदिउँ।
तर के गर्ने…!
हेर, पहाडका दलालहरु
युवाहरूको पाखुरामा बुट्टी बानी दिन्छन्
अनि दिन्छन् त्यो छडी जादूको,
र भन्छन् दलालहरु निस्फिक्री,
म गोर्खाहरुको बाउ हो।

एउटा बिबादास्पद status, फेब्रुअरी०१४

Source: E-man Bantawa Rai


Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions