गोजमुमोको अध्यक्ष आफू नै रहेको विमल गुरूङको दावी 2018 मा पनि गोजमुमो भाजपाकै घटक दल रहनेछ- विमल

प्रतिविम्ब न्यूज दार्जीलिङ 25 मार्च।
भूमिगत गोजमुमो पूर्व अध्यक्ष विमल गुरूङले आजसम्म पनि आफू नै पार्टीको अध्यक्ष रहेको र गोजमुमो अझैसम्म पनि भाजपाको घटक संगठन नै रहेको पनि दावी गर्दै एउटा भीडियो जारी गरेका छन्।

हिन्दी भाषामा जारी गरिएको लगभग 3 मिनटको भीडियोको शुरूआतमा भूमिगत नेता विमल गुरूङले समग्र देशवासी तथा भाजपा अनि एनडीएलाई राम नवमीको शुभकामना व्यक्त गरेका छन् भने त्यसपछि गोजमुमोका वर्तमान महासचिव एवं जीटीए, बोर्ड अफ एडमिनिस्ट्रेटर्सका उपाध्यक्ष अनित थापाले हिजो एउटा समाचार पत्रमा दिएको बयानको खण्डन गर्दै अनित थापालाई जीटीएको कर्मचारीमात्रै रहेको पनि बताएका छन्। उनले उक्त भीडियोमा भनेका छन्- पार्टीको संस्थापक अध्यक्ष भएको नाताले म यो प्रेस विज्ञप्ति दिइरहेको छु।किनभने उसलाई जीटीएको कर्मचारी भएको नाताले यस्तो प्रेस विज्ञप्ति दिनु हुने थिएन।यसैले पार्टीको संस्थापक सदस्य हुनुको नाताले म उक्त वक्तव्यको खण्डन गर्न चाहन्छु।

स्मरण रहोस्, गोजमुमो महासचिव एवं जीटीए उपाध्यक्ष अनित थापाले हिजोमात्र एउटा समाचार पत्रमा भाजपाले धोका दिएको कारण हालमा भाजपासित गोजमुमोको कुनै सम्पर्क नरहेको बताएका थिए।थापाको सोही वक्तव्यको खण्डन गर्दै विमल गुरूङले आफूहरू 2007 सालदेखि नै एनडीएको साथमा रहेको र आगामी 2018 मा पनि भाजपाकै घटक सगंठन भएर बस्ने पनि गुरूङले दावी गरेका छन्।

जुन व्यक्तिले गैरजिम्मेवारीपूर्ण वक्तव्य अथवा प्रेस विज्ञप्ति दिएका छन् उसलाई कुनै अधिकार छैन किनभने उसलाई मैले 1 सेप्टेम्बर 2017 मा नै उसलाई पार्टीबाट निष्काषित गरिसकेको छु। यसैले उक्त व्यक्तिको गैरजिम्मेवारीपूर्ण भाषणमाथि भाजपा सरकारले विश्वास नगरिदिउन् भन्ने पनि म अपील गर्न चाहन्छु, गुरूङले भीडियो क्लिपमा यसो भनेका छन्।

आगामी दिनमा कसलाई समर्थन गर्नुपर्छ भन्ने आफुहरूको मनमा नै रहेको उल्लेख गर्दै गुरूङले पहाड़को जनता पनि आफ्नो साथमा रहेको दावी गरेका छन्।

फोटोः विमल गुरूङ (फाइल फोटो)

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions