बिमल गुरूङ एक ब्यक्ति मात्र होइन, गोर्खाहरूका प्रतिक हुन

*बिमल गुरूङ एक ब्यक्ति मात्र होइन। विश्वभरी छरिएर बसेका गोर्खाहरूका प्रतिक हुन।

*आँफ्नै जन्मभूमि भारतमा विदेशीको लाल्छना सहदै भारत भरी छरिएर बसेका डेर कडोर गोर्खाहरूका आशा हुन् बिमल गुरूङ।

*गोर्खाल्याण्ड आन्दोलनमा कसैले आँफ्ना छोरा, कसैले आँफ्ना आमा, कसैले आँफ्ना परिवारका कुनै पनी हिस्सा गुमाएका छन् भने तिँ सहिदका परिवारका लागी बल, आत्मबल हुन बिमल गुरूङ।

*गोर्खा जातिलाई टुक्रा-टुक्रामा विभाजित गरेर, विभिन्न सड्यन्त्र र दमन निती अपनाएर गोर्खाल्याण्डलाई सधैंको निम्ती दबाउन खोज्ने बैरीहरूका लागी  गोर्खाल्याण्ड हुन्छैहुन्छ भन्ने गहिरो विश्वास हुन् विमल गुरूङ।

*गोर्खाले हारेको इतिहास छैन, गोर्खा कहिले झुकेको इतिहास छैन। भारत देशको गनतन्त्र र आचार सहिंतालाई सिरोपर गरेर सम्विधानको धारा 3क अनुसार भारत देशको 30औं राज्यको रूपमा  गोर्खाल्याण्डको मानचित्र कोरेरै छोड्छौं भन्ने एउटा दृड् संकल्प हुन बिमल गुरूङ।

*आँफ्नो जातिलाई लाल्छना लाग्दा, मात्री भाषाको जिब्रो काटिन लाग्दा, आँफ्नो घुरेन समेत लिलाम हुन लाग्दा सडकमा उत्रेर सरकारलाई लाखेस भन्दै सदैव विक्षोभ गर्ने जन्ताका आवाज हुन विमल गुरूङ।

* गोर्खाल्याण्ड हिज भएन, गोर्खाल्याण्ड आज भएन तर छिटो होस वा ढिलो आँफ्नो खुन पसिना बगाएर, घर-बार आफ्नो परिवार सबैकुरो त्यागेर भए पनी बगांलको औपनिवेशिक साशन बाट गोर्खाहरूलाई उन्मुक्ति दिलाएर छोड्ने। त्यसको लागी जगंलमा पत्करको उछ्यानमा किन सुत्नु नपरोस, त्यसका लागी खोलामा ढुगांको सिरानी लाएर सुत्न किन नपरोस।  आधा पेट किन खानु नपरोस आँफ्नो सरिरमा एक मुट्ठी स्वाँस रहुन्जेल सघंर्ष गरिनै रहने छु भन्ने एउटा लामो तपश्या हुन विमल गुरूङ।

एक गोर्खाल्याण्ड प्रेमी

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions