गोर्खे छोरी छिरिङ वाइबा बनिन् असमकी मुख्य सचिव

असममा पहिलोपल्ट कुनै गोर्खा राज्यको प्रमुख प्रशासनिक पदमा अधिष्टित भएकी छन्। वर्ष 1982 की भारतीय प्रशासनिक सेवाकी क्याडर छिरिंग वाइबाले असमको मुख्य सचिवको पद सम्हालेकी हुन्। यही महिनादेखि उनले यस्तो गरिमामय पद सम्हालेर असमको गोर्खाका सॅंगै समग्र गोर्खाहरूकै मान गरिमालाई उच्च पारेकी छन्। उनी मूलरूपमा दार्जीलिंग निवासी रहेको बताइएको छ भने उनको विवाह असममा भएको हो। यस भन्दाअघि उनी असम सरकारको विभिन्न पदमा अधिष्टित भएकी थिइन् भने अतिरिक्त मुख्य सचिवको पददेखि उनी मुख्य सचिवको पदमा पुगेकी हुन्। उनलाई अहिले भारतभरिबाटै विभिन्न संघ संस्थाहरूले बधाई दिने क्रम जारी छ भने सामाजिक संजालमा यो समाचार प्रकाशित भएपछि उनलाई चारैतिरबाट बधाई आइरहेको छ। सिक्किमदेखि बाहिर अन्ध्राप्रदेशमा त्रिलोक कुमार देवान मुख्य सचिव बनेर गोर्खाहरूको नामलाई उच्च पारेका थिए भने कुनै गोर्खा महिला यो पदमा पुग्ने उनी पहिलो हुन्। असम गोर्खा सम्मेलन, अखिल असम गोर्खा छात्र संघ र अखिल असम नेपाली साहित्य सभाले पनि वाइबालाई भेट गरि बधाई तथा शुभकामना व्यक्त गरेको छ भने असमका गोर्खाहरूको हितमा थॉंतीमा रहेका विभिन्न मागहरू पनि चडाएको छ। उनको कार्यकाल प्राय: एक वर्ष लामो रहेको थाहा लागेको छ।

हाम्रो खबर संवाददाता

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions