म माथी लागेको दुवै केस फेक हो:- डा•महेन्द्र पी•लामा

बिगत केही दिन अघि गोर्खाली गौरव डा•महेन्द्र पी•लामा माथि यौन उत्पीडन अनि मानसिक यातना जस्तो गम्भीर आरोप लागेपछि सम्पुर्ण गोर्खाली समाज स्तब्ध साथै दुःखित बनेको छ।

यहि सिलसिलामा गोर्खाल्याण्ड 24x7ले डा• एम•पी लामा संग फोन मार्फत सम्पर्क गर्यो। फोन अन्तर्वार्तामा उनले आफुमाथी लागेको सम्पुर्ण आरोप निराधार अनि झुटो हो भन्दै सरासर खारेज गरेका छन्।फोन अन्तर्वार्तामा उनले भने,' यो एकदमै साधारण केस हो।स्टुडेन्टहरुले पिएचडीको निम्ति चार बर्ष भरिमा च्यापटर बुझाउने पर्ने हुन्छ। त्यसलाई प्रोफेसरहरुले जाच्ने गर्दछ।अनि म माथी आरोप लगाउने दुई छात्राहरुले अहिलेसम्म एउटै पनि च्याप्टर बुझाएकी छैनन।जुलाई 2018 साल भरिमा थेसिस बुझाउन पर्ने हुन्छ।मैले ती दुई छात्राहरुलाई भनेको थिए।तिमी दुईले थेसिसको च्यापटर चाहिँ बुझाउ यदि बुझाउन सकेनौ भने युनिभर्सिटीमा दी रेजिस्टर नियम अनुसार जब च्यापटर तयार हुन्छ तब बुझाउ भन्ने सुझाव दिएको थिए। दी रेजिस्टर नियम अनुसार युनिभर्सिटीको होस्टेल छोडन पर्छ।तर यो बिध्यार्थीहरुले च्यापटर पनि न बुझाउने नियम पनि पालन नगर्ने हुँदा मैले तिमिहरुले या त दी रेजिस्टर नियम पालन गर अथवा च्यापटर बुझाउ भन्दा युनिभर्सिटीको इन्टरनल कम्प्लेन कमिटीमा मेन्टल ह्यारेस्मेन्ट(मानसिक यातना) को केस दर्जा गर्यो।मैले ICC(Internal Complain Committee) लाई दुई छात्राहरुको सम्पुर्ण ब्यवहार अनि वास्तविक कुरा उल्लेख गर्दै पत्र लेखे।अहिले आएर हामीले केस हार्ने रहेछौं भनेर आभास पाए पछी बाहिर निस्केर मेरो बदनाम गर्ने कोशिस चलीरहेको छ।यो एक सोची सम्झेर गरिएको साजिस हो।होस्टेल बाहिर निस्केपछि यिनिहरुले राजनैतिक दलको बिध्यार्थी संगठनको समर्थनमा अहिले आधारहीन आरोप लगाइरहेका छन्।अहिले युनिभर्सिटीको आन्तरिक मामिलाको कारणले गर्दा १५ दिन देखि युनिभर्सिटी बन्द छ।

के यसलाई एक राजनैतिक षड्यन्त्रको रुपमा मान्नु हुन्छ भन्ने गोर्खाल्याण्ड 24x7 को प्रश्नको उत्तर दिदै डा• लामाले भने,' हुन सक्छ, म यसलाई नकार्न सक्दिन तर त्यो भन्दा पनि मुख्य कुरा के हो भने मेरो सबैभन्दा कमजोरी के भयो भन्दा अरुले नपाउने जम्मै कुरोहरु मैले पाए।भर्खरै म चाइनामा एक हाइ एन्ड एक्सपर्टको रुपमा गए।जुन एकदमै दुर्लभ पद हो।त्यसमा धेरैले म संग आहृस गरेका छन।साथै म प्रधानमन्त्रीको भारत सरकारको एमिनेन्ट पर्सन्स ग्रुपमा पनि परे।जम्मै भारत अनि नेपाल सम्बन्ध मैले नै सम्हाल्ने दायित्व छ।त्यसमा सबैको आँखा जलेको छ।तर यसमा म के गर्न सक्छु केही गर्न सक्दिन भन्दै लामाले आफ्नो कुरा राखे।

र माथी लागेको सम्पुर्ण आरोपहरु झुटो हो।तपाईहरु कोही पनि सुर्ताउन पर्दैन।म जे भन्दैछु साँचो भनी रहेको छु।अनि ICC(Internal Complain committe) मा केस दर्ता भएको छ।त्यहाँ मैले बाहिर गएर केही भन्दिन भनेर Oath Of Confidentiality(गोपनियताको  सपथ)लिएको कारणले गर्दा मात्रै बाहिर निस्केर भन्न न सकेको हु नत्र भने मैले प्रेसवार्ता ढाकी अस्तिनै सबै खुलस्त पार्ने थिए भन्दै डा•महेन्द्र पी लामाले आफ्नो कुराहरु राखे।सरलाई त पद बाटनै हटाउन पर्छ भन्ने कुराहरु उठदैछ नि भन्ने प्रश्नको जवाफमा डा• लामाले हास्दै भने,' त्यो त जे भन्दा पनि हुन्छ।फेसबुकमा त जे भन्दा पनि हुन्छ जे लेखे पनि हुन्छ।अब मैले तपाईलाई ब्यक्तिगत रुपले नचिने पनि गोर्खाल्याण्ड 24x7को चिफ एडिटर राई भाई त यस्तो पो हो भनेर आरोप लगाई लेख्दा हुन्छ नि हैन? त्यसर्थ यस्ता कुराहरुलाई भाव दिन पनि हुँदैन।

सरलाई 2019 सालको चुनाव लडन पर्छ भन्ने तपाईंँको समर्थकहरुलाई के संदेश दिन चाहनु हुन्छ भन्ने प्रश्नको उत्तरमा म अहिले चुनावको बारेमा केहि सोचेको छुइन। त्यो समयले बताउने छ डा• लामाले गम्भीर संग उत्तर दिए।अनि कोही पनि डराउनु अनि आत्तिनु पर्ने छैन कारण म माथी लागेको सम्पुर्ण आरोपहरु झुटो अनि निराधार हो।

Source गोर्खाल्याण्ड 24x7

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions