11 जातिलाई जनजातिको दर्जा दिलाउन विनय तामाङ स्वयं दिल्ली जाने

प्रतिविम्ब न्यूज
दार्जीलिङ 12 अप्रेल।

गोर्खा समुदायका 11 वटा जातिलाई जनजाति बनाउन जीटीए अध्यक्ष विनय तामाङ स्वयं दिल्ली जाने भएका छन्। गत केही दिनअघिदेखि नै तामाङले जनजातिको मुद्दाको निम्ति आफू दिल्ली जानुपरे पनि पछि नहट्ने कुरा गर्दै आइरहेका थिए भने आज जीटीएका सचिवालय लालकोठीमा उक्त मुद्दालाई लिएर आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै यसको निम्ति आफू दिल्ली गएर सम्बन्धित विभागका अधिकारीहरूसितै मन्त्रीहरूसित पनि  भेटवार्ता गर्ने बताएका छन्।तथापि उनी कहिले दिल्ली प्रस्थान गर्ने हुन् भन्ने भने अहिले नै तय भएको छैन।

यसबाहेक जीटीए अध्यक्ष विनय तामाङले आज नै 11 वटा जातगोष्ठीलाई केन्द्रिय जनजातिको दर्जा प्रदान गर्ने माग गर्दै केन्द्रिय जनजाति मन्त्रालय अनि केन्द्रिय जनजाति मन्त्री जुअल ओरमलाई पत्राचार पनि गरेको छ। यसको साथसाथै आज नै तामाङले सिक्किमका मुख्यमन्त्री पवनकुमार चामलिङलाई पनि सोही विषयमा पदक्षेपको आह्वान गर्दै पत्राचार गरेका छन्।

गत 27 मार्चको दिन सिक्किमका मुख्यमन्त्री पवन कुमार चामलिङसित भएको बैठकको एउटा मूल मुद्दा नै 11 वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा दिलाउनु रहेको थियो।जसमा सिक्किम सरकार अनि जीटीएले संयुक्तरूपमा यस विषयमा पहल गर्ने प्रस्ताव पारित गरिएको थियो।यसैबारे पुनः स्मरण गराउऩ अनि यस विषय़मा सयुंक्त पहल शुरू गर्न आज मुख्यमन्त्री पवन कुमार चामलिङलाई पत्र पठाइएको हो, पत्रकारहरूलाई सम्बोधन गर्दै तामाङले भने।

11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्न जीटीए प्रतिवद्ध रहेको उल्लेख गर्दै यस विषयमा 11 वटै जातगोष्ठीका छाता संगठनहरूसित पनि बारम्बार तालमेल राख्दै जीटीएले लगातार कार्य पनि गरिरहेको तामाङले बताए भने चाड़ै जनजातिको मुद्दा फत्ते हुनेछ भन्ने कुरामा आफू आशावादी रहेको पनि तामाङले जनाए।

यसबाहेक केन्द्रिय जनजातिको मुद्दाको निम्ति राज्य सरकारबाट केन्द्रलाई सिफारिश गर्दै पत्राचार गरिएकोमा उनले पश्चिम बगांल सरकार अनि मुख्यमन्त्री ममता व्यानर्जीलाई विशेष आभार पनि व्यक्त गरे। मुख्यमन्त्री ममता व्यानर्जी दार्जीलिङ आगमन हुँदा हामीले उनलाई जनजातिको मुद्दाबारे अवगत गराएका थियौं।28 फरवरी 2014 मा नै पश्चिम बगांल विधानसभाले यस विषयमा प्रस्ताव पारित गरेर केन्द्र सरकारलाई पठाइसकिएको तथा भिशु मियानी कमिटीले यसको निम्ति आधिकारीक भ्रमणसमेत गरिसकेको मुख्यमन्त्रीले हामीलाई स्मरण गराएका थिए।यद्धपि यस विषयमा अहिलेसम्म कुनै प्रकारको ठोस पहल नभएको कुरा हामीले मुख्यमन्त्री ममता व्यानर्जीलाई जनाएका थियो।यसपछि मुख्यमन्त्री गत 16 फरवरीको दिन फेरि एउटा यादाश्त पत्र केन्द्रिय जनजाति मन्त्री जुअल ओरमलाई पठाएका छन्।यसको निम्ति सम्पूर्ण गोर्खा जातिको पक्षमा हामी मुख्यमन्त्रीलाई उक्त पहलको निम्ति आभार व्यक्त गर्दछौं, तामाङले भने।

फोटोः पत्रकारहरूलाई सम्बोधन गर्दै विनय तामाङ।

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions