१६ वर्षिय मञ्जु थापा बनिन् दिल्लीमा आयोजित मिस ग्लोरी अफ् इन्डिया अन्तर्गत मिस् ग्लोरी अफ् नर्थ इस्ट

सिलगढी स्थित खोलाचन्द फाप्रीकी १६ वर्षिय मञ्जु थापा बनिन् दिल्लीमा आयोजित मिस ग्लोरी अफ् इन्डिया अन्तर्गत मिस् ग्लोरी अफ् नर्थ इस्ट

सिलगढी,बिकास तिम्सिना,
सिलगढीस्थित खोलाचन्द फाप्रीकी १६ वर्षिय मञ्जु थापा २०१८ -की मिस ग्लोरी अफ् नर्थ इस्ट भएकी छिन्।
गत १५ अप्रेलको दिन अमन गान्धी फिल्म प्रडक्सनको आयोजनामा नयाँ दिल्लीमा आयोजित मिस ग्लोरी अफ् इन्डिया अन्तर्गत उनले नर्थ इस्टको आठवटा राज्यका प्रतियोगीहरुलाई पछि छोडेर मिस ग्लोरी अफ नर्थ इस्ट भएकी हुन्।

आठौं श्रेणीमा अध्यनरत मञ्जु -ले आफ्नो गाउँलाई देशभरि चिनाउन पाउँदा आँफ्नो खुशीको सिमा नै नभएको बताएकी छिन्।
 सानैदेखि गीत गाउनु, नाच्नु अनि मोडलिङमा रुचि राख्ने मञ्जु -ले आफ्नो प्रेरणाको श्रोत आफ्नी आमा तुलसा थापा अनि गत वर्ष मिस वर्ल्ड बनेकी मानुशी चिल्लरलाई मान्छिन्।
आठवटा राज्यका प्रतियोगीहरुलाई पछि पार्दै बिजेता बन्न सफल भएकी मञ्जु -ले उक्त समयमा आफुले पाएको सम्मान कहिल्यै नर्बिसिने बताउदै अमन गान्धी फिल्म प्रडक्सनका निर्देशक डा. महेश यादव उर्फ अमन गान्धीप्रति धन्यवाद व्यक्त गरेकी छिन्।

स्मरणरहोस्, मिस ग्लोरी अफ नर्थ इस्ट २०१८ -को विजेता भएपछी आफुलाई यसै वर्ष मुम्बईमा हुने ईन्डिया कन्टिनेन्ट -मा प्रतिस्पर्धा गर्न अफर समेत आएको उनले बताएकी छिन्।

Via Gorkhaland 7×24

Share this:

Post a Comment

 
Copyright © 2025 Indian Gorkhas. Designed by OddThemes