काटियो भोटर लिस्टबाट विमल गुरुङ रोशन गिरीको नाउँ

कालेबुङ 28 जुन।

गोजमुमो संस्थापक अध्यक्ष विमल गुरुङको नाउँ भोटर लिस्टबाट हटाइएको छ। गुरुङसँगै भुमिगत बनेका रोशन गिरीको नाउँ पनि भोटर लिस्टबाट हटाइएको छ। उक्त समाचार चर्चित बङ्गाली दैनिक समाचार पत्रिकाले प्रकाशित गरेको छ। बारम्बार नोटिस दिँदा पनि चुनाव कार्यालयमा उपस्थित नभएको आरोपमा भुमिगत मोर्चा नेता विमल गुरुङको नाउँ मतदाता सूचिबाट हटाइएको हो। बुधबार दार्जीलिङ चुनाव कार्यालयबाट यसको जानकारी गराइएको समाचार पत्रमा उल्लेख गरिएको छ।

दार्जीलिङ जिल्ला मतदाता कार्यालयका अधिकारीले दिएको जानकारी अनुसार विमल गुरुङ उनकी पत्नी आशा गुरुङसँगै उनीहरूका छोरा अनि छोरीको पनि मतदाता सूचिबाट नाउँ हटाइएको छ। दार्जीलिङ जिल्ला चुनाव कार्यालयका एक जना अधिकारीले बताए अनुसार मतदाता सोची संशोधन, संयोजनको समय बारम्बार नोटिस दिँदा पनि उपस्थित नहुनेहरूको नाउँ हटाइएको हो। उनीहरूको नाउँ मतदाता सूचीबाट हटाउन अघि घरमा गएर भित्तामा नोटिस पनि टाँसिएको चुनाव कार्यालयले दाबी गरेको समाचार पत्रमा लेखिएको छ।

स्मरण रहोस, बितेको वर्ष 2017 मा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन चर्केपछि विमल गुरुङ भुमिगत बनेका छन्। आन्दोलनकै समय दिल्ली प्रस्थान भएका रोशन गिरी पनि त्यसै समयदेखि भुमिगत अवस्थामा रहेका छन् भने गुरुङकी पत्नी आशा गुरुङ पनि आन्दोलनकै समयदेखि भुमिगत रहेकी छन्। उनीहरूको नाउँ भोटर लिस्टबाट हटाउनका निम्ति यसभन्दा अघि नै दार्जीलिङ जिल्लाको चुनाव कार्यालयबाट एउटा नोस्टिस जारी गरिएको थियो भने

भुमिगत बनेका गोजमुमो नेता विमल गुरुङ अनि रोशन गिरीको नाउँ भोटर लिस्टबाट हटाइएको छ। यसभन्दा अघि उनीहरूको नाउँ काट्नका निम्ति दार्जीलिङ जिल्ला चुनाव कार्यालयले एउटा नोटिस जारी गरेको थियो भने यसपल्ट दुवै नेताको नाउँ भोटर लिस्टबाट हटाइएको छ।

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions