निरजलाई याद आयो बिमलको।।

बिमल गुरुङले छैटौं अनुसूचीलाई समर्थन गरे म पनि कानुनी रुपले बिमलको सहयोग गर्न तयार छु।।

हिज खरसाङमा गोर्खा जनमुक्ति मोर्चाले र्‍याली आयोजना गरेका थिए भने र्‍याली पछि मोटर स्ट्यान्डमा पुगेर सभामा परिणत भयो।
उक्त कुरा गोरामुमो नेता निरज जिम्बाले सभामा उपस्तिथ आफ्नो समर्थकहरुलाई सम्बोधन गर्दै भनेका हुन।।
पहाडँको राजनैतिक समाधानको निम्ति छैटौं अनुसूची बाहेक यदि अन्य कुनै पनि राम्रो ब्यवस्था भए म त्यस्को निम्ति निशुल्क काम गर्नु तयार छु ।निरज जिम्बा अनुसार बिमल गुरुङले पनि छैटौं अनुसूचीलाई समर्थन गरे उनी बिमल गुरुङको निम्ति कानुनी लडाई लडन तयार रहेको पनि बताएका छन्।।।गोरामुमो प्रवक्ताले दावी गरेअनुसार पहाडँमा अहिले पनि बिमल गुरुङको समर्थकहरु १००% रहेको अनि यदि पहाडमा चुनाव भए सबै कुरा स्पष्ट बन्नेछ।उनले बिमल गुरुङ बाहेक पहाडँका अन्य राजनैतिक दलका नेताहरुलाई पनि छैटौं अनुसूचीको समर्थनको निम्ति अघि आउने आवहन गरेका छन्।

सुत्र द्वारा थाहा लागेअनुसार भुमिगत नेता बिमल गुरुङले चाडै नै अडियो अथवा भिडियो म्यासेज द्वारा छैटौं अनुसूचीको निम्ति आफ्नो समर्थन जनाउन सक्नेछन्।

Share this:

Post a Comment

 
Copyright © 2025 Indian Gorkhas. Designed by OddThemes