विमल गुरुङले दिए स्वतन्त्रता दिवसको शुभकामना अनि भने –‘हामी स्वतन्त्रतादेखि बञ्चित छौँ’

दार्जीलिङ 14 अगस्त।
‘स्वतन्त्रता एउटा यस्तो मर्म हो जसको निम्ति हाम्रो पुर्खाहरूले सबै गुमाए, तथापी आज हामी स्वतन्त्रतादेखि बञ्चित छौँ’ उक्त कुरा गोजमुमो पार्टीका भूमिगत नेता विमल गुरुङले एक प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्। उनले 72 औँ स्वतन्त्रता दिवसको सबैलाई शुभकामना व्यक्त गर्दै देशले स्वतन्त्रता दिवस मनाइरहेको अवस्थामा यता संविधान अनुसार छुट्टै राज्य गोर्खाल्याण्ड माग्नेहरूलाई पक्राउ र धम्काउने कार्य गरेको आरोप लगाएका छन्।
Bimal Gurung independence day message

‘म सबै राष्ट्रवासीलाई अनुरोध गर्न चाहन्छु, पश्चिम बङ्गालमा हामीले भोग्दै आइरहेको तानाशाही व्यवहार, उत्पीडन अनि भेदभावपूर्ण व्यवहारको विरुद्ध तपाईँहरू हाम्रो न्याय, समानता अनि स्वतन्त्रताको निम्ति लडिरहेको संघर्षमा उभिइदिनुहोस्’ विमल गुरुङले विज्ञप्तिमा अझ भनेका छन् –‘आज हामी 72 औँ स्वतन्त्रता दिवस मनाउन  गइरहेको बेला म, उत्तर बङ्गालको अल्पसङ्ख्यक गोर्खा, राजवंशी अनि आदिवासीहरूको दुर्दशाबारे राष्ट्रको ध्यानाकर्षण गराउन चाहन्चु। आज हाम्रो सबै मौलिक अधिकारहरू लगायत भारतीय संविधानको दिएको संवैधानिक सुरक्षाका प्रत्याभूइथरू पश्चिम बङ्गाल सरकारद्वारा खोसिएको छ।’

उनले देश स्वतन्त्रताको निम्ति भारतीय गोर्खाहरूले आफ्ना परिवारका सदस्यहरू गुमाएको भन्दै भारतीय स्वतन्त्रताको निम्ति सहिद बन्नेहरूको नाउँ समेत उल्लेख गरेका छन्। यद्यपी त्यहीँ देश स्वतन्त्रताको निम्ति लड्ने गोर्खाहरूले भने आजसम्म न्याय पाउन नसकेको पनि गुरुङले दुखेसो प्रकट गरेका छन्।

Share this:

Post a Comment

 
Copyright © 2025 Indian Gorkhas. Designed by OddThemes