गोर्खा जनमुक्ति युवा मोर्चाद्वारा प्रेस विज्ञप्ति

जनताले रिजेक्ट कसलाई गरेको छ त्यो बिषयमा सबै भन्दा
राम्ररी ज्ञान र अनुभव बिनय तामाङ्ग अनि उहाँको टोलीलाई छ।

मुख्य अतिथिको मञ्चबाट आफ्नो सम्बोधन राख्ने क्रममा जनताबाट भाषण बन्द गर भन्ने जोडतोडको प्रतिक्रिया आउनु पो होइन र रिजेक्ट?

सामाजिक सञ्जालतिर दिन रातै जनताले आक्रोश व्यक्त गर्दै गाली गरेको पो होइन र रिजेक्ट?

बिनय दाजु तपाईं स्वयं दिल्ली भ्रमण ममता बन्दोपाध्यको  साथमा जानुभएको समय केन्द्रीय मंत्रीहरूको ढोका ढोका घुम्नु हुँदा कुनै एकजना मन्त्री महोदय सम्मलाई भेट गर्नु नपाउनु भएको सत्य कुरा होइन र रिजेक्ट?

केन्द्र सरकार अनि तपाईंको अन्नदाता राज्य सरकारलाई पनि थाहा छ तपाई जनता रिजेक्ट गरीसकेको नेता हो भनेर। हुन पनि तपाईं बसेको दुइवटै स्थान जनताबाट चुनिएको नभएर सरकारले मनोनीत गरेको सत्यतालाई कसैले नकार्न सक्तैनन्।
बिनय दाजु गाडी घोडा तिर यात्रा गर्दा यात्रुहरूले कस्तो बिचार पोख्छन् एकाअर्का माझ त्यो चालक दाजुभाइहरू संग सोध्नु होला।
GJM Youth Wing press release

जनताले गोजमुमोको नेतृत्ववर्ग लाई होइन तृणमुल मोर्चाको संरक्षकहरूलाई रिजेक्ट गरीसकेको छन्। हो अहिले मुख खोलेर बिनय गुटको विरूद्धमा बोल्न सकेका छैनन् जनता कारण मुख खोल्यो कि थुनुवा पर्ने त्रास जनतामा छाएको छ जसको ज्वलन्त उदाहरण हालै पक्रा परेको कृष्ण बस्नेत (अन्तिम) घटनाले उजागर गरेको छ। सामाजिक सञ्जालमा बंगाल सरकार अनि बिनय अनितको कालो नीतिको बिरोधमा आफ्नो बिचार पोख्दा मात्रमा कृष्ण बस्नेत दाजुले जेलको हावा खानु परिरहेको छ जबकि देशको संविधानको अनुच्छेद १९(१)क ( अभिव्यक्तिको आजादी) ले भारतको हरेक नागरिकलाई आफ्नो अभिव्यक्ति पोख्याउने राजनैतिक अधिकार दिएको छ। तर पहाडमा तथाकथित नेताहरूले दिनहुँ जप्न नभुल्ने शान्ति र गणतन्त्र अचम्मकै छ।

तर दाजु बिनयलाई  सित्तैमा एउटा सुझाव, दाजु पहाडको इतिहास राम्ररी घोत्लिएर सोच्नुहोला, जसले पनि पहाडको माटो संग गद्दारी गरेको छ उसको पतन निश्चित भएको छ कारण हाम्रो पहाडको शिरमा एकापट्टी  महाकाल बाबा आसिन हुनुहुन्छ भने अर्को तर्फ माता सिञ्चेल विराजमान हुनुहुन्छ साथै हाम्रो पहाडको हरेक स्थानहरूमा पवित्र चर्च, गुम्बा मस्जिद अनि देव देवताहरूको स्थान अवस्थीत छ। भनौं भने हाम्रो पहाड पवित्र  तिर्थस्थल नै हो जहाँ हरेक पाइलामा मन्दिर,चर्च,गुम्बा भेटिन्छ। यसैले दाजु पहाडको पवित्र भूमि संग तपाईहरूले गरेको गद्दारीपनको हिसाब इश्वर स्वयंले गर्नुहुनेछ।

अध्यक्ष बिमल गुरुङ्ग ज्युको नेतृत्वमा दिल्लीमा भइरहेको सकारात्मक पहलहरू कसै व्यक्ति बिशेषको स्वार्थको निम्ति होइन दाजु यो त सर्वभारतिय स्तरमा समग्र गोर्खा जातिको उत्थानको निम्ति गरिएको सर्वश्रेष्ठ कार्य हो।

यो तपाईंको तृणमुल मोर्चाले आगामी लोकसभा चुनावलाई हेरेर घोषणा गरेको नाटकीय  बौधिक आन्दोलन होइन बिनय दाजु। जनताको आकांक्षा र हित संग जोडिएको उन्मुक्तिको अभियान हो र नै केन्द्र सरकारले पनि सुन्दैछ हाम्रो कुरा। तपाईंको ममता सरकारलाई पनि राम्ररी ज्ञात भएको कुरा हो तपाईंहरुलाई पनि ज्ञात भएको कुरा हो अनि केन्द्र सरकारलाई पनि राम्रोसँग ज्ञात भएको कुरा हो, अध्यक्ष बिमल गुरुङ्ग ज्यु अनि वहाँको अनुयायीहरु हामी हरहालतमा हाम्रो शताब्दी नाघी सकेको पवित्र मांग "गोर्खाल्याण्ड" बाहेक अन्य कुरामा पटक्कै सम्झौता गर्नेवाला छैनौं भन्ने कुरा।

तपाईंहरूको बिषयमा त के मुख खोलिरहनु जबकि सर्वसाधारण सम्मलाई तपाईंहरूको नाटक बारेमा "क देखि ज्ञ" सम्म थाहा छ।

थाहा छ जनतालाई भोलिको दिनमा गोर्खाल्याण्ड गठनको बिघ्न बाधा बिनय तामाङ्ग र अनित थापाको टोली, हाम्रो जनताले गोर्खाल्याण्डको रेफरेण्डम स्वरूप पठाएको विधायाक अमर सिंह राई(दार्जीलिङ्ग) रोहित शर्मा (खरसाङ्) राज्य सरकारद्वारा मनोनित लोकसभा सांसद शान्ता छेत्री, जात जातको बोर्ड अनि तपाईंको सेनामेनाहरू हो भन्ने कुरा।
 तपाइहरूको नयाँ सोंच र नयाँ बिचार जनताले देखिसकेको छ अब जनता मुक्ति चाहान्छ त्यस्तो दमनकारी नयाँ सोंच र नयाँ बिचार संग। किनभने गणतन्त्र देशमा आफ्नैहरूको दमनमा जीउनु एउटा दास भएर जीउनु सरह हो जहाँ न त स्वेच्छाले बस्न पाईन्छ न त बोल्न नै पाईन्छ।

एक्काइसौँ शताब्दीमा दुनियाँ मंगल ग्रहमा घर बसाउने तरखरमा छ भने हामी चै अझसम्म दासत्वको जुनी जीउन बाध्य छौं। यि सब तपाईहरू जस्तो स्वार्थीहरूको कारणले गर्दा हो जसलाई स्वतन्त्रताको स्वाद थाहा नै छैन।

अन्तमा बिनय दाजु अनि वहाँका सेनामेनाहरूलाई एउटा कुरा स्पष्ट बुझाउनु चाहान्छु, आत्तिनु पर्दैन तपाईंहरू कारण तपाइहरूले जस्तो आफ्नै हरूको घर जलाउने लुटपाट गर्ने अनि जनसाधारणलाई पुलिसको आडमा ह्याकुला मिचाई गर्ने घृणित कार्य हामी गर्न चाहँदैनौ।

कारण हत्या हिंसाको राजनितिले कुनैपनि जाति, समाज र राष्ट्रको भलो हुन सक्तैन। एकाइसौं शताब्दी सम्म पिरोलिएर, हेपिएर, चेप्टिएर आफ्नो आकार गुमाइसकेका हाम्रो जातिको उत्थान गर्नु हो भने, अनि विकासको हजार फड्को नाघि सकेको अन्य जातिको हाराहारीमा हाम्रो भावी सन्तानलाई उभ्याउनु हो भने हामीले हाम्रो स्वयंको जीवनलाई अनि व्यक्तिगत इच्छा आकांक्षाहरूलाई टाढा राखेर जनहितमा आफुलाई समर्पीत गर्नु पर्छ। हामी काटमार लुटपाटको राजनीति गरेर हाम्रो जातिलाई अझै तल धकेल्न चाहँदैनौ। यसैले यसरी अत्तालिएर नानाथरी फलाक्नु उचित हुँदैन।

गोरखा सञ्जिव लामा
सह सचिव
गोजयुमो केन्द्रिय समिति। ।

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions