गाेर्खाल्याण्ड : भुसभित्रकाे अागाे

हालै एउटा समसामयिक पत्रिकामा प्रकाशित एउटा लेख।

                             
   ।। गाेर्खाल्याण्ड : भुसभित्रकाे अागाे ।।
                                                                                                     ✍ पुरण छेत्री

बर्ष २०१७, दार्जिलिङबासीहरूले कहिल्यै भुल्न नसकिने बर्ष भएर गए। करिब एक चाैथाई बर्ष दार्जिलिङले हडतालमै बिताए। कतिले यी सबै घटनाहरू भुले तर बिनय - अनितलाई भने याे अान्दाेलन ढकमक्क फूले।

अलिकति पृष्ठभूमि :

१६ मई २०१७ मा बंगालका शिक्षा मन्त्री पार्थ च्याटर्जीले राज्यभरिनै कक्षा १ देखि १० सम्म बंगाली भाषा अनिवार्य भएकाे घाेषणा गरे। बर्षाै देखि अाफ्नाे जातिय सुरक्षाकाे प्रश्न लिएर अाफ्नाे छुट्टै राज्य हुनु पर्छ भन्ने भावना पालेर बसेका गाेर्खाहरूकाे मुटुमा याे घाेषणा काँडा भएर बिझे। १९८६ मा सुबास घिसिङकाे अान्दाेलनकालमा जन्मिएका बालक ३० बर्षकाे लक्का बेकारी जवान बनिसकेकाे अवस्थामा याे निर्णय बिकशित जातिले हामीमाथी जबर्जस्ती थाेपिएकाे निर्णय महशुस गरे। चारैतिरबाट यसकाे बिराेध हुन शुरू भयाे।

जुन ५, २०१७ मा बंगालका मुख्यमन्त्री ममता ब्यानर्जी पहाड भ्रमनमा अाईन्। उनकाे भ्रमण अवधि मिरिक सौरेनीमा कालो झण्डा देखाउने वीर अान्दोलनकारी नाेलडाँडाका पूर्ण सिंह राईलाई अाधा घण्टा भित्रै पक्राउ गरिएकाे थियाे। यसरी शुरू भयाे २०१७ काे भाषा अतिक्रमण बिरूद्ध अान्दाेलन। पूर्ण सिंह राईनै २०१७ काे अान्दाेलनमा पक्रा पर्ने पहिलाे अान्दाेलनकारी हुन्। भारत जस्ताे विशाल गणतन्त्रमा अाफुलाई मन नपरेकाे कुराेकाे शान्तिपूर्ण ढंगमा बिराेध गर्न सकिन्छ। अन्य राज्यहरूमा भने थप्पड हान्ने, जुत्ता-चप्पलकाे झटाराे हान्ने, कलमकाे मसी छर्कने जस्ता घट्नाहरू भएका छन्। तर बंगालमा शासकदलकाे बिराेध गर्नुलाई राष्ट्रद्राेहनै मानिन्छन्। यसले बंगालकाे राजनैतिक संस्कार कतातिर लम्किरहेकाे छ भनेर अनुमान लगाउँन सकिन्छ।

अान्दाेलनका केही घटनाहरू:

जुन् ८,२०१७ मा पूर्व घाेषणा अनुरूप दार्जिलिङमा राज्यका मन्त्री परिषदकाे "क्याबिनेट स्तरीय" बैठक राज भवनमा चलिरहेकाे थियाे। गाेजमुमाेले साेही क्याबिनेटमा गाेर्खा बाहुल क्षेत्रहरूमा बंगाली भाषा "अनिवार्य" नरहने प्रस्तावना पास गराउँन दबाव दिईरहेकाे थियाे। क्याबिनेटमा साे बिषयकाे चर्चा नभए पनि मुख्यमन्त्री ममता ब्यानर्जीले सभा पश्चात, "पहाडमा बंगाली भाषा एच्छिक बिषय मात्र रहने" घाेषणा गरिन्। असन्तुष्ट प्रदर्शनकारीहरू र पुलिसमाझ भएकाे झडपले निकै ठुलाे रूप लिने छाँट देखे पछि सेना उतार्न परेकाे थियाे। पश्चिम बंगाल सरकारले साेहि दिन देखि, जी०ट०ए० चेयरम्यान बिमल गुरूङकाे सुरक्षा गार्ड फिर्ता लगे।

युवा माेर्चाकाे १२ घण्टा पहाड बन्दकाे घाेषणा, मुख्यमन्त्री ममता ब्यानर्जीकाे सिलगडी प्रस्थान र केही अागजनी घटनाहरू बिच, १३ जुनकाे दिन पहाडकाे राजनैतिक दलहरूकाे सभाले अब उसाे पुनः अलग राज्य गाेर्खाल्याण्डकाे माग अघि बडाउँने प्रस्ताव पारित गरे। जीटीए संग असन्तुष्ट रहेका गाेजमुमाे प्रमुख बिमल गुरूङले "गाेर्खाल्याण्ड" मुद्दा यथावत राख्दै चुक्ती गरेकाले उक्त मागलाई फेरि अघि बढाउँन सकिने प्रशस्त ठाउँ थियाे। पहाडमा सबै भन्दा बलियाे र व्यापक जन समर्थन रहेकाे दल गाेजमुमाे रहेकाेले राज्य सरकारलाई अलग राज्यकाे अान्दाेलन तेज गराउँन सक्ने भय पनि गाेजमुमाेसंग नै थियाे।

२०१७ काे जुन १५ मा अचानक पुलिसले गाेजमुमाे कार्यलय र अध्यक्ष बिमल गुरूङकाे घरमा छापा मारे पछि, बिनय तामाङले "अनिश्चितकालीन बन्दकाे" घाेषणा गरे।

१७ जुनमा जनअान्दाेलन र गाेर्खाल्याण्डकाे अान्दाेलन  शहिदहरूकाे रगतले रंगिए।
      - सहिद सुनिल राई, कैंजले
      - सहिद बिमल शासांकर, गाेक
      - सहिद महेश गुरूङ, रेलिङ

१८ जुनबाट सरकारले पहाडमा ईन्टरनेट बन्द गरिदिए। यसले अान्दाेलनकारीमाझ खवरकाे अादान प्रदानमा बाधा अायाे।

२० जुनकाे सर्वदलीय बैठक पछि, जीटीएका ४५ जना सभासदकाे राजिनामा, जीटीए खारेज अादीकाे प्रस्तावना हुुँदै अनिश्चितकालीन बन्द बिस्तारै १३ दिनमा प्रवेश गरे। गाेजमुमाेकाे प्रभावकारी कार्यक्रम र बंगाल सरकारलाई चाप दिने नीति अनुरूप तत्कालीन गाेजमुमाे  २७ जुनमा सह सचिव बिनय तामाङकाे अगुवाईमा २०११ मा गरिएकाे जीटीएकाे चुक्ती पत्र जलाईयाे।

जुलाई महिना भरि घरि केन्द्लाई रिझाउँने, घरि गाली गर्ने त कहिले राम्राे खवर अाउँने हल्लाहरू बिचदैनिक धर्ना र जुलुसहरू जारी रहे।

७ जुलाई जनअान्दाेलन र गाेर्खाल्याण्डकाे अान्दाेलन  पुन: शहिदकाे रगतले रंगिए।
      - सहिद टाँसी भाेटीया, साेनादा

८ जुलाईमा जनअान्दाेलन र गाेर्खाल्याण्डकाे अान्दाेलन  फेरि शहिदहरूकाे रगतले रंगिए।
      - सहिद सुरज भुसाल, तुङसुङ
      - सहिद समीर गुरूङ, सिंहमारी
      - सहिद अशाेक तामाङ, लुईस जुबली

१७ जुलाईमा जनअान्दाेलन र गाेर्खाल्याण्डकाे अान्दाेलन  अझ शहिदहकाे रगतले रंगिए।
      - सहिद अाशिष तामाङ, मगरजुङ

अगस्त १३ मा केन्द्रीय गृहमन्त्रीले डाकेकाे बैठकमा बिमल गुरूङ अनुपस्थित रहे। केन्द्रले डाकेकाे बैठकमा बिमल गुरूङले उपस्थिति नदिएर एउटा ठुलाे भुल गरि पठाए। भाजपाकाे घटक दलकाे रूपमा बिमल गुरूङलाई बैठकमा बाेलाईए पनि, GMCC ले नै अगुवा गर्न खाेजेकाे याे बैठकमा केन्द्रीय गृहमन्त्रीले त्यति चासाे देखाएनन् र साेझै राज्यकाे मुख्यमन्त्री ममता ब्यानर्जी संग कुरा गर्ने सुझाव दिए।

त्यसैलाई अाधार मानेर २४ अगस्तमा गाेरामुमाेकाे पक्षबाट वार्ताकाे निम्ति निरज जिम्बाले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरे।

२९ अगस्तकाे नवान्नकाे सर्वदलिय बैठक पछि, बिनय तामाङले १२ दिन अर्थात अघिल्लाे सभा सम्मकाे निम्ति बन्द स्थगित गर्ने सुझाव दिए।

३१ अगस्तमा पुनः एक सहिद
      - सहिद श्यामाला / प्रमिला राई, युथ हाेस्टेल

१ सितम्बरमा राेशन गिरीले, बन्द उठाउँनु जनअावाज बिरूद्ध रहेकाे ठहर गर्दै बिनय-अनित दुवैलाई दलबाट निकालिएकाे घाेषणा गरे। साेहिदिन सिक्किमकाे भुमीमै पसेर अर्का अान्दाेलनकारीलाई बंगाल पुलिसले सिकार गर।
      - सहिद दावा भाेटीया, पेदाेङ

१२ सितम्बरमा नवान्नमा हुने बैठकमा राज्यद्वारा बिनय-अनितलाईनै मान्यतादिने घाेषणा।

२० सितम्बरमा पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा बिनय तामाङलाई GTA काे BOA नियुक्त। बाेर्डमा अनित थापा, सन्चबिर सुब्बा, मन घिसिङ, मले दे (मुख्य सचिव), अमर सिंह राई (बिधायक), अनु छेत्री, ज्याेतिन खातुन अनि एल० बी० राई रहेकाे घाेषणा।

२२ सितम्बरमा केन्द्रीय वार्ता टाेलीका सदश्यहरू के० डी० प्रधान, पी० टी० अाेला अनि त्रिलाेक चन्द्र राेका गुडगाँव बाट पक्राउ गरियाे।

२६ सितम्बरमा केन्द्रीय गृहमन्त्री राजनाथ सिंह द्वारा गाेर्खाल्याण्ड मुद्दा माथी सचिव स्तरिय वार्ता राख्ने निर्देश दिदै, गाेजमुमाेलाई अनिश्चितकालीन बन्द उठाउँने अपिल। केन्द्रीय गृहमन्त्रीको वार्ताकाे पहल र अपिललाई सम्मान जनउँदै बिमल गुरूङद्वारा बन्द खाेलिएकाे घाेषणा।

२५ अक्टोबरमा पुलिस हिरासतमै रहेका र उपचाराधिन गाेर्खाल्याण्डकाे अर्का वीर सिपाही सहिद। सम्पुर्ण पहाड शाेकाकुल।
      - सहिद बरूण भुजेल, पार्षद, कालेबुङ नगरपालिका ।

बंगला गितमा मनाएकाे भानु जयन्ती, जात-जातकाे बाेर्ड गठन, जिल्ला बिभाजन र बंगला भाषाकाे अनिवार्यताले सबै गाेर्खा सन्तानले जातिय असुरक्षा महशुस गरिरहेका थिए। विश्व भरि छरिएर बसेका गाेर्खाहरूले अान्दाेलनलाई समर्थन जनाई रहेका थिए।

बारम्बार पहाड शान्त छ भन्ने मुख्यमन्त्री ममता ब्यानर्जीकाे अालाेचनामा बिपक्षीहरू हात धाेएर लाग्न थाले। अाफ्नाे कार्यकालमा बंगालबाट अलग राज्य गाेर्खाल्याण्ड हुनुभनेकाे उनलाई बंगालकै ईतिहासले भाेली धिक्कार्नु हाे। बिपक्षीहरू यसै मुद्दालाई लिएर उनलाई सत्ताच्युत गराउँने ताकमा थिए। यस्ताेमा उनले जसरी भए पनि याे अान्दाेलन साम्य पार्नु थियाे। उनले लिएकाे कुनै पनि निर्णय बेसक बंगालकै हितमा हुनु पर्ने थियाे। उनले त्यसै गरिन् र बंगालकाे मुख्यमन्त्री हुनुकाे धर्म निभाईन्।

यता अान्दाेलनकारीहरू भने दिल्लीतिर हेर्दै कराई रहेका थिए। बंगाल सरकार संग वार्ता नगर्ने बिमल गुरूङकाे अडान स्पष्ट थियाे। यता अान्दाेलनकाे रूप दैनिक उग्र हुँदै गएपछि बंगाल सरकार अात्तिएकै अवस्थामा दिल्लीलाई गुहार मागे। केन्द्रीय  गृहमन्त्री राजनाथ सिंह र मुख्यमन्त्री ममता ब्यानर्जी बिचकाे वार्ताले केन्द्रीय पुलिस बल दिएर बंगाललाई सहयाेग दिने वचन दिए। केन्द्रीय पुलिसबल अाए पछि अान्दाेलनकारीहरू शीत बंगाल सरकारकाे ब्यवहारनै बदलियाे।

यस अान्दाेलनमा सामुहिक नेतृत्व हुनु पर्छ भन्ने जाेर दिदै बिमल गुरूङलाई जीटीए त्याग्न भनियाे। जीएमसीसीकाे गठनले अान्दाेलनलाई थप उँचाई दिने अाशा गरिएकाे थियाे। प्रथम पंक्तिकाे नेतृत्वहरूकाे अभावमा जीएमसीसी लंगडाे मात्र हिड्याे। वास्तवमा प्रभावकारी कार्यक्रम दिन नसक्नुनै जीएमसीसीकाे असफलताकाे कारण रह्याे। बंगाललाई जसरी भए पनि अान्दाेलन साम्य पार्नु थियाे। साम, दाम, दण्ड र भेदकाे नीति लिएर अघि बडे। गाेरामुमाेबाट निरज जिम्बाले बिष पिएर लेखेकाे पत्र बंगालकाे निम्ति संजिवनी बुट्टी साबित भयाे।

अान्दाेलन पछिकाे अन्याेलता:

केन्द्रीय गृहमन्त्रीको अाश्वासन पछि पहाड अन्यालग्रस्त बन्याे। बंगाल सरकारलाई अाच्छु-अाच्छु पारेकाे २०१७ काे अान्दाेलनकाे लाभ भन्दा धेरै हानीनै देखिन्छ। लगभग घुँडा टेकीसकेका बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीकाे अन्तर्राष्ट्रियस्तरमा अालाेचनाहुन थालेपछि, बैठककाे निम्ति अाग्रह गरिरहेकी थिईन। भाषा विवादबाट शुरू भएकाे अान्दाेलन छुट्टै राज्यकाे मागमा रूपान्तर भए पछि बंगाल सरकार पनि असमंजसमा परेका थिए।

केन्द्रीय गृहमन्त्रीले तृपक्षिय वार्ता राख्न सक्थे। देशकाे चार अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा पर्ने दार्जिलिङ असान्त हुनु भनेकाे देशकाे अान्तरिक सुरक्षाकाे बिषय थियाे। एउटा बिशुद्ध राजनैतिक मुद्दालाई राजनथ सिंहले कानुनी समस्या भनेर बताउन साथ गाेर्सखाकाे टाउकाेमा पुलिसकाे डण्ठा बजेन थाले।

देशकाे गृहमन्त्री, हाम्राे निम्ति कामै लागेनन्। बरू हाम्राे अान्दाेलन दबाउँन मुख्यमन्त्री ममता ब्यानर्जीलाई भरपुर सहयाेग गरे। स्वतन्त्र भारतकाे ईतिहासमा सबैभन्दा कमजाेर र डरछेरूवा गृहमन्त्री राजनाथ सिंह नै हुन्।

यसै अान्दाेलनले माटाे प्रेमी र चाैकि प्रेमी छुट्टीए यसकाे मुख्य लाभ भने बंगाल सरकारलाईनै भयाे।

२०१७ काे अगस्त महिनाकाे मध्यतिर अचानक एउठा बयान अायाे, "मलाई बङ्गाल सरकारसित मिलेर दार्जीलिङ र खरसाङका केही अवसरवादी नेताहरूले फसाउने षडयन्त्र गरिरहेका छन्। १०-१२ दिनमा उनीहरू को हुन्, म सार्वजनिक गर्नेछु।’

संसार भरि छरिएर बसेका गाेर्खाल्याण्ड समर्थकहरूकाे सहयाेग रहेकाे याे अान्दाेलनमा यस्ताे प्रकारकाे बयान अचानक अाउँनुले अाफैमा धेरै रहस्य बाेकेका थिएछन्। सम्पुर्ण गाेर्खाहरूकाे समर्थन रहेकाे साथै पहाड, तराई, डुवर्स एक भएकाे याे बृहत् अान्दाेलनमा यस्ताे कार्य कसले गर्लान् भनेर सायद कसैले पत्याएनन्। मैले पनि पत्याईंन त्यसबेला। तर बताउँनै परेन, समयले सबै कुराे उदाङ्गाे पारीदियाे।

अनिश्चितकालीन बन्द डाक्ने देखि जीटीएकाे चुक्ती पत्र जलाउँने सम्म गाेजमुमाे सह सचिव बिनय तामाङकाे भुमिका सराहनीय रह्याे। उनले अान्दाेलनलाई अाफै अघि अाएर नेतृत्व दिन खाेजेकाे दृश्यहरू जता ततै पाईन्छ। बंगाल सरकार संग मिलेर एक प्रकारले अान्दाेलन बिथाेलेकाे अाराेप लागे पनि वास्तवमा उनले गाेजमुमाेकाे सह-सचिव हुनुकाे धर्म वार्ता सम्म राम्रै निर्वाह गरे।

अान्दाेलनमा शिथिलता अाए पछि, एउटा अन्तरवार्तामा बिनय तामाङले भने, "बन्द यति लामाे हुन्छ भनेर मलाई थाहा थिएन"। यसरी नतिजा के हुन्छ भन्ने कुरा नबुझी बन्द डाक्ने नेताकाे पछि लागेर हामीले अनावश्यक दुःख पाएका थिएछाैं। अहिले अाएर बन्द डाक्ने मानिस नेता भएर मन्त्रीको अहाेदा पाएर गजक्क छन्। उनकाे अादेश मानेर बन्द गराउँनेहरू अदालतमा मुद्दा खेपिरहेका छन्। पुलिसले खेदिरहेका छन्।

क्रान्ति बिना मुक्ति हुँदैन। २०१७ काे जनअान्दाेलनले मुक्तिकाे मार्ग खाेजीरहेका थिए। अान्दाेलन साम्य भए पछि भने बिनय तामाङकाे भुमिका जनहित बिपरित देखिए। उनले बिमल गुरूङ गलत मार्गमा थिए भने, अान्दाेलनलाई त्यहिबाट उठाएर सहि दिशा दिनु पर्ने थियाे। बिनय - अनितले दिशा परिवर्तन गरेर बंगालतिर फर्किए । गाेर्खाकाे जातिय उन्मुक्तिकाे युद्धमा "मिरजाफरकाे" उपाधी लिएर भिखमा पाएकाे कुर्सीमा बिराजमान छन्। पुलिस- प्रशासनकाे अाडमा गरिएकाे कुट्नितीले जातिलाई कस्ताे निकाश दिने हाे हेर्न बाँकीनै छ। संसारमा कस्ता-कस्ता क्रुर शासकहरूकाे अन्त्य जनतालेनै गरेका छन्। दार्जिलिङ पनि अाखिर भुसभित्रकाे अागाेनै हाे, कहिले यसले बिकराल रूप लिनेछ, कल्पना बाहिरनै छ।

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions