यहाँ फेरि मेला लागेको छ

यहाँ फेरि मेला लागेको छ
चारैतिर रमाइलो छ
फेरि यहाँ मंच सजिंदै छ
आजकल पहाड़ हेर्दा साह्रै घमाइलो छ
फूटबल World Cup सक्यो त के भ
बजार त झण्डाहरूले नै भरिएको छ
हरियो,रातो,फूलहरू देखि टाटे-पांगरे सम्म
चुनावको चर्कोले यो ठाउँ चर्केको छ
यहाँ फेरि मेला लागेको छ।

यहाँ कैयौं भूमिपूत्रहरूले राता रात जन्म लिएको छ
पहिला झैं अस्तित्व जोगाउने आश्वासन फेरि दिएको छ
पहिला त्यही पैंतलामा कुल्चिनेहरूले दुई हात जोड़न थालेको छ
वाह! Innova, Bolero मा चड़ी हात हल्लाई हल्लाई 
अर्को पाँच वर्षको हिसाब कोर्न थालेको छ।
Code of Conduct को नाममा उत्पीड़न फेरि हुने भएको छ
ठूलेको बूढ़ी आमा खालीखुट्टै भोट हाल्न जाँदा फेरि रूने भएको छ
यहाँ फेरि मेला लाग्ने भएको छ।

अब भाषा बोल्नै नजान्नेहरू चिन्हारी जोगाउन भनी अघि बड़ेको छ
आफ्नो भाषा बोल्न जान्ने चाहिं 
नजानी नजानी पिंजराको सुगा झैं अर्काको भाषा रटेको रटेको छ
अभिनय र ढोंग चल्दैछ यहाँ डरलाग्दो
खै एउटा उम्मीदवार देखिनै मैले चै यहाँ भरलाग्दो
यहाँ अहिले असाधारण बिकास भएको छ
जंगल बस्नेहरू सिद्धै Skype बाट  Video Chat गर्न थालेको छ
वाह कस्तो दामी Network,यहाँ फेरि मेला लाग्न थालेको छ।


आफ्नो निधारमा भाग्य भन्दा बेसी पार्टी कै टिका लगाउँछन्
कुनै दृष्टि नभएको नेतृत्वले खै कसरी जनतालाई जगाउँछन्
कोही भन्छन् छुट्टै राज्यको Agenda,
कोही Development गर्न हिंड़ेको 
तर पहाड़मा जुनै जोगी आए पनि कानै चिरेको
अब फेरि हातका सफा पन्जामा कालो रंग पोत्ने दिन आएको छ
यति वर्ष खपेका पीर मर्माहरू याद गरी सठिक मान्छे रोज्ने समय आएको छ
यी पाँच वर्ष कटमेरो भै बसेको फल आज बल्ल पाकेको छ
यहाँ फेरि मेला लाग्ने भएको छ,यहाँ फेरि मेला लागेको छ।।
       
(मान्छे चिनौं,खसी किनौं)


Pramod Khadka

Share this:

Post a Comment

 
Copyright © 2025 Indian Gorkhas. Designed by OddThemes