गोर्खाल्याण्डको मानचित्र कोर्न बसे


गोर्खाल्याण्डको मानचित्र कोर्न बसे
कोरे पनि
हाम्रो सपना हाम्रो राज्य
सुन्दर सुसज्जित पहाडको हरियाली
दुअर्स-समतलको खुशियाली
के गोर्खा के कोचे मेचे
के बंगाली के मारवाडी
के लेप्चा के बोडो के राजबंशी
गोर्खाल्याण्ड सबैको सुनौलो सपनी
सपनी एक तर राजनीतिमा अल्झिएको
गोर्खाको बुइ चडी गुण्डा नेताले अन्यलाई भुलेको
बिकाशको कुरा गरि मानचित्र घटाएको
अन्य जाती त दुश्मन बनायो नै
अहिले गोर्खा जाति पनि हेर फुटाएको
मानचित्र कोरे मानचित्र मेटाए
सम्पूर्ण छैन यो मानचित्र अब
धुर्त नेताले मर्यादा बेची गोर्खाल्याण्ड तुहाएको!!!!
गोर्खाल्याण्ड होइन मात्र गोर्खाको
मांग होइन यो मात्र तीन महकुमाको
गोर्खाल्याण्ड होइन चिनारी अस्मित्ता बेच्नेको
यो हो स्वाभिमान अखण्ड भारतको!!!!!

Source : Samir Lama Gorkha

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions