जनता दरबार लाग्यो रे

जनता दरबार लाग्यो रे
हो साँचै??
कता लाग्यो त दरबार
सडकमा??
सरकारी कार्यलयमा??
होइन हजुर यो जनता दरबार होइन
यो त हो दलीय कार्यक्रम
दलको कार्यलयमा भएको
नीतिगत बिरोधी जानै नसक्ने
डर छ
समस्या भन्नु गए झण्डा पक्डाउने
पक्कै यो जनता दरबार होइन
यो त हो दलीय कार्यक्रम
दल छोडी गएको लोभिहरुलाई नोट देखाई तान्ने
हाम्रो दल नै ठुलो भन्दै फोटो खिचाउने
होइन हजुर यो पटक्कै होइन जनता दरबार
यो त ढटुवाको देखौटी हो नाटककारको नाटक हजार!!!



Source:Samir Lama Gorkha

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions