बंगालको क्याबिनेट मन्त्री हुने डा. हर्कबहादुर छेत्रीको सपना आगामी 19 मईको दिन नै तहस-नहस हुनेछ - गोजमुमो

आगामी 19 मईको चुनाउ मतगणनापछि डा. हर्कबहादुर छेत्री आइसीयूमा हुनेछ, किनभने मुख्यमन्त्री ममता व्यानर्जीको अनुग्रहमा चुनाउ जितेर बंगालको क्याबिनेट मन्त्री हुने उनको सपना आगामी 19 मईको दिन नै तहस-नहस हुनेछ।

कालेबुङबाट गोरखा जनमुक्ति मोर्चाको अन्त गर्ने धाक पिट्ने डा. छेत्रीलाई कालेबुङवासीले आजको जनसभामार्फत नै जवाब दिइसकेका छन्। सबै कालेबुङवासी डा. छेत्रीजस्तो अवसरवादी अनि जाति विरोधी छैनन् भन्ने प्रमाण गोजमुमोको जनसभामा उपस्थित जनसमुद्रले नै प्रमाणित गरिदिएका छन्। कालेबुङवासीको ह्रदयमा आजसम्म पनि गोरखाल्याण्ड अनि गोरखा जनमुक्ति मोर्चा सुरक्षित रहेको छ यसैले मुख्यमन्त्रीले दिएको सिटी फुकेर गोजमुमोको ट्राफिक जाम गर्ने धाक पिटिरहेका डा. छेत्रीको राजनैतिक औकात आगामी 19 मईपछि ट्राफिक हवल्दारको जति पनि रहनेछैनन्। आगामी 19 मईपछि डा. छेत्रीको क्याबिनेट मन्त्री बन्ने सपनासितै उनको राजनैतिक करियर पनि अन्त भएर जानेछ। किनभने गोरखाल्याण्डको विरूद्ध राज्य सरकारले रचेको षड़यन्त्रमा साथ दिएर डा. छेत्रीले डेड़ करोड़भन्दा धेर गोरखाहरूसित विश्वासघात गरेका छन्। गोरखाहरूको इतिहासमा उनले लगाएको कलकंको प्रायश्चित गर्ने मौकासमेत डा. छेत्रीलाई जुर्ने छैन।

चुनाउ आचार सहिंताअनुसार आजदेखि चुनाउ प्रचार गर्ने मियाद समाप्त भइसकेको छ। समग्र गोरखाल्याण्डप्रेमी जनतालाई आगामी 17 अक्टोबरको दिन गोरखाल्याण्डको सत्-प्रतिशत म्याण्डेट प्रदर्शन गरेर गोरखाल्याण्डविरोधी तत्वहरूलाई उचित जवाब दिने आह्वान गर्दछौं। जनताले कुनै भय, संकोचबिनै मोमबत्तीको चिह्नमा मत प्रदान गरेर विधानसभामा गोरखाल्याण्डको आधारशीला राख्नेछ भन्ने हामी पूर्ण विश्वस्त छौं।

अन्तमा, आगामी 17 अप्रेलको चुनाउ सबैक्षेत्रमा शान्तिपूर्वक सम्पन्न गराउनको निम्ति कुनै क्षेत्रमा पनि हिंसा अनि अशान्ति नगरिदिने पनि हामी समग्र जनतालाई आह्वान गर्न चाहन्छौं।

[प्रेस बिज्ञप्ति]


Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions