चौरास्ताको मृत्यु

 चौरास्ताको मृत्यु

धेरै बर्ष अघाडि देखि
स्वतन्त्रता खोज्दै यो चौरास्ता पनि
कसैको प्रतिक्षा गर्दा गर्दै
नयनहरू थाकी सक्यो कि
तरै पनि आखाँहरूमा
नयाँ आशाहरू लिएर
हरेक बिहान फेरी कसैको प्रतिक्षामा
नयन टोलाई रहेछ
आज सम्म पनि



सायद मनै थामेर
न्यानो घामको प्रतिक्षामा
हरेक चिसो कुहिरो भित्र
मनमा कुराहरू खेलाईरहेछ
आज चौरास्ता कै छेउ कुना टोक्दै र च्यात्दै
चौरास्ता खाने मान्छे पनि हाम्रै पो हरे
भन्छ मलाई चौतास्ताको कुहुरीले
चौरास्तालाई खाई सक्यो हेर्दा हेर्दै ।
कसैले चौरास्तालाई खोज्दै त
चौरास्ताले कसैलाई खोज्दै
हर दिन पाईलाहरूका छाप
चौरास्ता माथि नै निरन्तर
तरै पनि -
 चौरास्ताको मृत्यु
 चौरास्ताको मृत्यु

चौरास्ता कै मान्छेहरू
हरेक दिन नोलौ अनुहारहरू लिएर
आफ्नै परिचय खोज्दै
चौरास्तामा नै छटपटाई रहेछ
तरै पनि -

चौरास्ता कै आफन्तहरू
हरेक दिन चौबाटोमा उभिएर
लक्ष्य खोजिरहेछ ...।
मलाई लाग्छ
मान्छेकै भीडहरूमा
आज चौरास्ताको मृत्यु भईरहेछ
हो साच्चै चौरास्ताको मृत्यु ।।


Via Gideon Gorkha Gorkhaland 


Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions